‘मेचीनगर गोल्डकप’ बैसाख १२ गतेबाट

0
960

[दीपेन लावती ] 

शान्तिनगर , मेची नेत्रालय ‘मेचीनगर गोल्डकप’को चौथो संस्करण बैसाख १२ गतेबाट २१ गतेसम्म हुने भएको छ । चैत्र २८ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगिता आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण सारिएको हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीहरु उत्त खेलमा सहभागि हुन जाने भएकाले प्रतियोगिता प्रभावित हुने भएकाले मिति सारिएको आयोजकले जनाएको छ ।
आज काकरभिट्टामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिइएको हो । काकरभिट्टा फुटबल टे«निङ सेन्टरको आयोजना तथा सह–आयोजक झापा जिल्ला खेलकुद विकास समिति, काकरभिट्टा भेट्रान फुटबल क्लव र मेचीनगर खेलकुद विकास समिति रहेका छन् । प्रतियोगिताको मुख्य प्रायोजक मेची नेत्रालय, प्राविधिक सहयोग जिल्ला फुटबल संघ र प्रतियोगिताको संरक्षक मेचीनगर नगरपालिका रहेका छन् ।
हाल खेल मैदान र प्याराफिट निर्माणको काम धमाधम भइरहेको छ । ३ हजार दर्शक क्षमताको प्याराफिट निर्माणमा करिव ५ लाख रुपैयाँ खर्च हुने जानकारी दिइएको छ । प्रतियोगिताको ६० प्रतिशत काम सकिएको आयोजक काकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतले जानकारी दिए । प्रतियोगिताको उपाधि विजेताले नगद १० लाख रुपैयाँ र उपविजेता टोलीले नगद ५ लाख रुपैयाँसहित ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र कोचले नगद २१ हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै, प्रतियोगिताको वेष्ट प्लेयरले १ लाख १ हजार रुपैयाँ हात पार्नेछन् । त्यस्तै, हरेक दिनको म्यान अफ द म्याच हुने खेलाडीले नगद ११ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा १० टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव ८१ लाख रुपैयाँ खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा, मेचीनगर नगरपालिका–४ नम्वर वडाध्यक्ष नविन बराल, जिल्ला फुटबल संघ झापाका महासचिव शेरबहादुर बस्नेत, आयोजक काकरभिट्टा फुटबल टे«निङ सेन्टरका कोषाध्यक्ष गंगालाल गुरुङ लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता मेचीनगर–६ स्थित काकरभिट्टा माविको खेल मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here