प्रहरीलाई झुक्याउँदै राप्रपाले जलायो झापामा धर्मनिरपेक्षता खारेजीको प्लेकार्ड

0
756

झापा ।

प्रहरीलाई झुक्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरुले प्रधानमन्त्रीको गृह जिल्ला झापामा धर्मनिरपेक्षता खारेजी लेखिएको प्लेकार्ड जलाएका छन् । पार्टीको पूर्व घोषित आन्दोलनका कार्यक्रम अनुसार राप्रपा जिल्ला कार्य समिति झापाले शुक्रवार दिउँसो सदरमुकाम भद्रपुरमा निकालेको विरोध र्याली प्रर्दशनको क्रममा धर्मनिरपेक्षता खारेजीको प्लेकार्ड जलाएका हुन् ।

धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको माग राख्दै निकालिएको विरोध र्यालीसँगै प्रहरी परिचालन भएका थिए । र्यालीमै खटिएका प्रहरीलाई झुक्काउँदै कार्यकर्ताहरुले सडकमै घेराबन्दी गरी प्लेकार्ड जलाउन सफल भए । प्रहरीले आगो निभाउन प्रयास गरे । तर, प्रहरीले कार्यकर्ताको हातबाट प्लेकार्ड लिन सकेन । जलिसकेको प्लेकार्डको लठ्ठी मात्र हटाउन भ्याए प्रहरीले ।

टे«ड युनियन चोकबाट निकालिएको र्याली चन्द्रगढी बजार, लेखनाथ चोक हुदै जिसिसको कार्यालय अगाडीबाट पुनः टे«ड युनियन चोकमा आएर कोणसभा परिणत भएको थियो । कोणसभामा बोल्दै राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनले धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको कायम हुनुपर्ने माग लिएर पार्टी आन्दोलित भएको प्रस्टाए ।

सरकारले पार्टीको माग सम्बोधन नगरे थप आन्दोलित बन्ने उनले चेतावनी समेत दिए । झापामा धर्मनिरपेक्षता खारेजीको प्लेकार्ड जलाउन सफल भएकोमा सहभागि कार्यकर्ताहरुलाई उनले धन्यवाद समेत दिए । कार्यक्रममा राप्रपाका झापा अध्यक्ष अमर विष्ट, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापा अध्यक्ष राजकुमार राई लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here