कल्भर्ट निर्माण समितिको अध्यक्षमा गौतम

0
562

खुदुनाबारी।

अर्जुनधारा नगरपालिका–३ स्थित कुम्भिटार देवीथान बाटो मर्मत तथा कल्भर्ट निर्माण उपभोक्ता समितिको अध्यक्षमा चन्द्रप्रसाद गौतम चयन भएका छन् ।

नवगठित समितिको उपाध्यक्षमा रमेश भण्डारी, सचिवमा यज्ञरथ रिजाल, कोषाध्यक्षमा सुशिला निरौला रहेका छन् । त्यस्तै सदस्यहरुमा नारायणी सुवेदी, चन्द्रा बराइली, इन्द्र गुरुङ र टेकनाथ नेपाल रहेका छन् ।

नगरपालिका मार्फत वडा कार्यालयले आठ लाख रुपैयाँ विनियोजित रकमले कल्भर्ट निर्माणको काम सो समितिले गर्न सक्ने वडाध्यक्ष जीवनकुमार भण्डारीले बताए । जनसहभागिताबाट ६४ हजार सात सय ५९ रुपैयाँ ५८ पैसा रहेको उनले जानकारी दिए ।

सो क्षेत्रमा पुल निर्माण हुँदा सयौँ स्थानीयबासी प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । शुरु भएको योजना असार १० भित्रमा सम्पन्न गर्ने सम्झौता भएको अध्यक्ष गौतमले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here