कक्षा १२ का परीक्षार्थीहरुबाट भेटियो बोराका बोरा चिट, चिट देखेर गार्ड नै परे छक्क

0
539

नेपालगञ्ज,

नेपालगञ्जका केही परीक्षा केन्द्रमा कक्षा १२ को परीक्षाको अनुगमन गरी ठूलो परिमाणमा चिट फेला पारेको छ । नेपालगञ्ज उप–महानगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईबाट खटिएको अनुगमन टोलीले मंगलबार नेपालगञ्जका केही परीक्षा केन्द्रमा अनुगमन गरेको थियो ।

आठ वटा केन्द्रमा गरिएको अनुगमनपछि बोराका बोरा चिट फेला पारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापाले माध्यामिक तहको अनुमतिलगायतका काम स्थानीय तहले गर्ने भएकाले शैक्षिक सुधारका लागि परीक्षाको अनुगमन गर्न पाउने दाबी गरेका छन् ।

मंगलबार विज्ञान ९फिजिक्स०को परीक्षाको अनुगमन गरिएको हो । केही शिक्षकले स्थानीय तहले कक्षा १२ को परीक्षाको अनुगमन गर्न नपाउने भन्दै बिवाद गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here