जन्ती बोकेको टेम्पो दुर्घटना, एकको मृत्यु

0
585

सर्लाही।

भारतीय सीमा नजिक सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गोडैतामा बिहिबार बिहान जन्ती बोकेको टेम्पो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा भारतको सीतामढी प्रितमपुरका ६० वर्षीय देवेन्द्र महतोको घटनास्थलमै ज्यान गएको प्रहरी चौकी मधुवनगोठले जनाएको छ ।

गौडेता नगरपालिका–३, भवानीपुरका पलट महतोको घरमा जन्ती सवार बीआर ३० पी ९९१८ नम्बरको टेम्पो बिहिबार बिहान ५ बजे तिर अनियन्त्रित भई सडकबाट करिब तीन फिट तल खेतमा खसेको हो ।

भित्री कालोपत्रे सडकमा तीव्र गतिमा रहेको टेम्पो नियन्त्रण गुमाएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित अरु केही मानिस घाईते भएपनि पक्राउ पर्ने डरले उनीहरु भारततर्फ नै फरार भएका प्रत्यक्षदर्शीले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here