कनकाईका मेयरको तलब मजदुरलाई

0
300

बिर्तामोड।

एक सय ३०औं मजदुर दिवसको अवसर पारेर झापाको एक स्थानीय तहका जनप्रतिनिधिले एक वर्षको तलब मजदुरलाई हस्तान्तरण गरेका छन् ।

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले एक बर्षको तलव वापतको रकम स्थानीय मजदुरको हितकोषलाई प्रदान गरेका हुन् । उनले मजदुरलाई तीन लाख २५ हजार चार सय ६० रुपैयाँ बरावरको चेक वुधवार आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका थिए ।

पोखरेलले नगरभित्रकै मजदुरको स्वास्थ्य उपचारका लागि स्थापित मजदुर हितकोषलाई सो रकम हस्तान्तरण गरेको जनाएका छन् । चेक संघीय सांसद एलपी साँबा लिम्बूले मजदुर नेताहरु सचिन लामा, केशर न्यौपाने, टंक गुरागाँईलाई संयुक्त रुपमा प्रदान गरेका थिए ।

एकबर्ष अघि स्थापना गरिएको मजदुर हितकोषमा यसअघि पनि कनकाई नगरपालिकाबाट १० लाख र ५ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ । हितकोषको व्याजबाट संकलित रकमबाट यस क्षेत्रका मजदुरको जीवन बिमा गरिने कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताए ।

पोखरेलका अनुसार हितकोषबाट नगर क्षेत्रका १० जना मजदुरको संख्या मात्रै तोकेर ३ लाख रुपैयाँ बरावरको दुर्घटना बिमा र १० लाख बरावरको जीवन बिमा गरिएको छ । हितकोषको रकमलाई आफ्नै कार्यकालमा १ करोड रुपैँया बनाउने समेत पोखरेलले बताए ।

दुई बर्ष पहिले भएको स्थानीय तहको निर्वाचनका दौरानमा पोखरेलसहित नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेती लगायतका उम्मेदवारले आफूले चुनाव जितेमा तलब वापतको रकम नलिने घोषणा गरेका थिए । कनकाई नगरपालिका क्षेत्रका करिब ७ सय मजदुरहरु यस हितकोषबाट लाभान्वित बन्ने हितकोषका उपाध्यक्ष टंक गुरागाईँले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here