झापामा कुरिलोको व्यवसायिक खेती

0
481

झापा ।

झापामा व्यवसायिक कुरिलोको खेती थालिएको छ । औषधिको रुपमा प्रयोग गरिने कुरिलो खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि किसान कुरिलो खेतीतर्फ आकर्षित भएका हुन् ।

दमक–४का किसानले व्यवसायिक रुपमा यसको खेती गर्दै आएका छन् । कुरिलो बिक्रीबाट बार्षिक २देखि ३ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको कृषक बिमल निरौलाले बताए ।

यस्तै कमल र कन्काई नगरपालिकाका केही किसानले समेत यसको व्यवसायिक खेती गर्दै आएका छन् । थोरै भूभागमा राम्रो आम्दानी हुने कुरिलो प्रति किलो ३ सयदेखि ४ सय रुपैयाँ सम्ममा बिक्री हुँदै आएको छ । बजारमा राम्रो मूल्य भए पनि किसानलाई बिचौलियाहरुले थोरै मूल्य मात्र दिने गरेको अर्का किसान नरबहादुर पिठाकोटे मगरले बताए ।

डाक्टरले क्यान्सर, सुगर र मृगौलाको पथरी भएका विरामीलाई कुरिलो खान सल्लाह दिन थाले पछि कुरिलोको बजार बिस्तार हुन थालेको हो । मानव स्वास्थ्य र आर्थिक उपार्जनमा समेत राम्रो हुने कुरिलोको बजार र खेती बिस्तारमा सरकारको सहयोग भए समृद्ध समाज निर्माणमा टेवा पुग्ने कृषकहरुको भनाइ छ ।

किसानले दैनिक उत्पादन गर्ने ३० देखि ४० केजी कुरिलो अहिले प्रदेश नम्बर १को मुख्य बजारहरुमा बिक्री हुन थालेको व्यवसायीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here