थ्री स्टारलाई हराउँदै त्रिभुवन आर्मी फाइनलमा प्रवेश

0
1047

काँकडभिटा ।

काँकडभिटामा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको अन्तिम सेमीफाइनल खेलबाट त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । आर्मीले थ्री रुस्लान स्टार क्लबलाई ३–२ गोल अन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि आर्मीले नेपाल पुलिस क्लबको सामना गर्ने छ ।

खेलको २८ औ मिनेटमा नवयुग श्रेष्ठले गोल गरे । सुमन अर्यालको क्रस पासमा श्रेष्ठले बललाई हेड मार्फत पोष्टको दिशा दिदै टीमका लागि गोलको खाता खोलेका थिए । ३९ औ मिनेटमा श्रेष्ठले नै अर्काे गोल थपेका थिए । अर्यालको पासमा वान भर्सेस वान खेल्दै श्रेष्ठले गोल गरेका थिए ।

पहिलो हाफको अन्त्यतिर थ्री स्टारका लागि बिदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरे । अनन्त तामाङको पासमा म्याक्सवेलको गोल गरेका थिए । खेलको ५४ औ मिनेटमा म्यासक्वेललले नै अर्काे गोल थपेका थिए । सुनिल बलको पासमा म्याक्सवेलले बललाई बिपक्षी पोष्टको जाली चुमाउँदै बराबरी गरेका थिए ।

थ्री स्टारले बराबरी गरेको ७ मिनेट बित्न नपाउँदै आर्मीले फेरी अग्रता कायम गरेको थियो । २–२ को बराबरी रहेको अवस्था अन्त्य गर्दै आर्मीका दीपकुमार लामाले गोल गरेका थिए । सेसेहाङ आङदेम्बेको पासमा लामाले गोल गरेका थिए ।

खेल अवधिभर आर्मीले बिपक्षीमाथि दवाव श्रृजना गरेको थियो । आर्मीका सेसेहाङ आङदेम्बृले खेलको तेस्रो मिनेटमा डि एरियामा पाएको पासाई सदुपयोग गर्न सकेनन् । १७ औ मिटमा जितेन्द्र कार्कीले मैदानको मधयभागबाट गरेको शक्तिशाली प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ४२ औं मिनेटमा अनमार्क रहेका सेसेहाङ आङदेम्बेले गप्रहार गरेको बललाई थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले बिफल बनाए । ४९ औं मिनेटमा नवयुगको हेडर गोल हुन सकेन ।

१७ औं मिनेटमा थ्री स्टारका म्याक्सवेलको शक्तिशाली प्रहार पोष्टमा लागेर फर्कियो । २७ औ मिनेटमा बिदेशी खेलाडी मन्साको फ्रि हेडर फितलो हुँदा आर्मीका गोलरक्षक बिवस चौधरीले नियन्त्रणमा लिए । ३२ औं मिनेटमा आर्मीका गोलरक्षक चौधरी बीट भइसकेको अवस्थामा सुशिल राईले गरेको हेडरलाई आर्मीका दिपक गुरुङले गोललाइनबाट जोगाए ।

खेलको म्यान अफ द म्याच बिजेता टीम त्रिभुवन आर्मी क्लबका नवयुग श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । गोल्डकपको चौथो सिजन चल्दै गर्दा तीन पटक त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको हो । आर्मीले बिगतका दुई सिजनको उपाधि रक्षा गरिसकेको छ । फाइनल खेल शनिबार हुने आयोजक समितिले जनाएको छ ।

बैशाख १२ गतेदेखि भएको प्रतियोगितामा आयोजक सहित, भुटानको पारो एफसी, क्यामरुनको दाउफिन्स फुटबल क्लब, संकटा क्लब, च्यासल युथ कलब, धरान फुटबल क्लब, माइभ्याली फुटबल कलब, रुस्लान थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहेको थियो । प्रतियोगिताको बिजेताले नगद १० लाख १ हजार र उपबिजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here