ताप्लेजुङमा ६ नाल भरुवा बन्दुक बरामद

0
469

झापा ।

ताप्लेजुङका विभिन्न ठाउँबाट प्रहरीले ४ नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको छ।

दुई नाल हतियार भने स्थनीयले प्रहरीलाई बुझाएका छन्। प्रहरी चौकी सिवाबाट खटिएको प्रहरी टोलीले फक्तालुङ गाउँपालिका वडा नं ३ लिङखिमको एक ओढारमा बेवारिसे अवस्थामा लुकाई राखेको दुई नाल बन्दुक फेला पारेको हो।

यस्तै प्रहरी चौकी फूलबारीबाट खटिएको प्रहरी टोलीले आठराई त्रिवेणी गाउँपालिका २ फूलबारीस्थित ओकाटे ढुंगाको ओढारबाट एक नाल र प्रहरी चौकी हाङपाङबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका ३ हाङपाङस्थित सोबुदा जंगलबाट एक नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

पाथिभरा याङवरक गाउँपालिका १ नाङखोलेङ छिपछिपेका तक बहादुर गुरुङले प्रहरी चौकी मेवाखामा २ नाल भरुवा बन्दुक बुझाएको प्रहरीको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here