चक्रपथ निर्माणकार्य तीव्रगतिमा

0
288

पाँचथर।

पाँचथरको फिदिम नगरपालिकाको चक्रपथ निर्माणकार्य तीव्रगतिमा अघि बढेको छ ।

दुई वर्षको अवधिमा ८ किलोमिटर सडकको काम सकिएको छ । अब ५ किलोमिटर ‘ट्रयाक’ खोलिएमा फिदिम नगरपालिकाको चक्रपथ पूरा हुनेछ ।

आर्थिक वर्ष २०७६/७७ को बजेटबाट फिदिम नगरपालिकाका सबै वडामा चक्रपथ जोडिने फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्वाङले बताए ।

वडा नम्बर–८ देखि १४ सम्म ट्रयाक खुलिसकेको नगरपालिकाका प्रमुख इन्जिनियर दुर्गा दाहालले बताए ।

फिदिम–४ को थापाटार हुँदै तमोरको कोसीसम्म जोड्ने लगभग ७ किलोमिटरमात्रै ट्रयाक ‘ओपन’ गर्न बाँकी रहेको नगरपालिकाका इन्जिनियर दिवाकर बास्कोटाले बताए ।

राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत् प्रदेश नम्बर–१ को आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजन गरेको पौवाभन्ज्याङ–गुराँसे–छथर भीर–जल्पा हुँदै जेभाले जोड्ने सडकको ट्रयाक ओपनको टेन्डर आह्वान भइसकेको छ ।

एक करोड ३५ लाख रुपैयाँ रकम विनियोजित उक्त सडकलाई तीन खन्डमा विभाजन गरेर टेन्डर आह्वान भएको नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here