सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा

0
320

काठमाण्डौं ।

सरकारले आउँदो आर्थिक वर्षमा थप ५ लाख रोजगारी सृजना गर्ने घोषणा गरेको छ । संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच लाख रोजगारी सृजना गर्ने घोषणा गर्नुभएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरी थप रोजगारी सृजना हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले उद्यमशिलता र रोजगारी सिर्जनालाई पनि यो वर्षको नीति तथा कार्यक्रमको मुख्य प्राथमिकतामा राखेको छ । यसैबीच राष्ट्रपति भण्डारीले नागरिकको सुखदुखमा सरकार घरदैलोमा पुगेको भन्दै सह्राना गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा संयुक्त रुपमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले तुइन मार्फत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य गर्न सरकार झोलुङ्गे पुल लिएर खोला खोलामा पुगेको भन्दै सरकारको सह्राना गर्नुभएको हो ।

उहाँले प्रसव पीडामा छटपटिएकी सुत्केरीको उद्धार होस् वा हावाहुरीबाट प्रभावित बारा पर्साका पीडितहरुको लागि होस् सरकार तदारुकताका साथ उपस्थित भएको बताउनुभयो । नागरिकका घर दैलोमा नै सरकार पुगेको आभास दिलाउन कुनै कसर सरकारले बाँकी नराखेको भन्दै उहाँले यस्तो कार्यलाई अझै तीव्र बनाउन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here