‘फानी’को प्रभावले नेपालमा आइतबारसम्म वर्षासँगै हिमपात हुन सक्ने

0
567

झापा ।

बंगालको खाडीमा आएको चक्रवात ‘फानी’को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ ।

फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ ।

शनिबार पूर्वीसँगै मध्य र  पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् मीनकुमार अर्यालले बताए । यस्तै, मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको उनले बताए ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ । यस्तै, आइतबार पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने महाशाखाले जनाएको छ ।-नयाँ पत्रिकाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here