ताप्लेजुङमा तीन जना कारागार चलान

0
679

ताप्लेजुङ,

फरक फरक मुद्दाका तीन अभियुक्तलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। शुक्रवारको जिल्ला अदालत ताप्लेजुङको आदेशअनुसार कारागार चलान गरिएको हो।

कर्तव्य ज्यान मुद्दामा मैवाखोला गाउँपालिका–१ का ३० वर्षीय राज दर्लामी मगर र सवारी ज्यान मुद्दाका मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका फुर्वा शेर्पालाई पूर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए। दर्लामी मगर वैशाख १८ मा पक्राउ परेका हुन्।

उनलाई २०६६ साल पुस २ मा ढुुंगेसाँघु खातिटोलका राजेन्द्र वनेमलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप छ। यस्तै, शेर्पालाई सवारी ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानको क्रममा पक्राउ गरिएको ताप्लेजुङ जानकारी दिए । पक्राउ परेका उनिहरुलाई अदालतमा पेश गर्दा शुक्रवार पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको डिएसपी थापाले बताए।

यसैबीच गत चैत ११ मा पाथीभरा याङ्वर गाउँपालिका–६ थुम्बेदिनका चन्द्र लोहागुनकी श्रीमतीको सुनको गहना डकैती गरेको अभियोगमा पक्राउ परेका तीनजनामध्ये वडा नम्बर ६ नागीका चन्द्र लोहागुनलाई पूर्पक्षका लागि कारागार चलान गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here