नयाँ शक्ति र संघीय समाजवादी फोरम मिलेर बन्याे ‘समाजवादी पार्टी, नेपाल’ : औपचारिक घाेषणा साेमबार

0
1032

काठमाण्डाै,

नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच एकीकरण भएको छ ।

एकतासम्बन्धि समझदारीपत्रमा फोरमका अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले शनिबार हस्ताक्षर गर्नुभएको हो ।

नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने र एकताको औपचारिक घोषणा साेमबार काठमाडौमा गरिने दुवै दलका अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सहमति अनुसार डाक्टर भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । डाक्टर भट्टराई संघीय परिषदको र यादवले केन्द्रिय समितीको नेतृत्व गर्ने समझदारी भएको छ । यी २ दलबीच यसअघि पनि पार्टी एकता गर्ने सहमति भए पनि अन्तिम समयमा हुन सकेको थिएन ।

संघीय संसदमा फोरमका १६ र नयाँ शक्तिका १ स‌ांसद छन् । भने फोरमले २ नम्बर प्रदेशमा राजपा नेपालसँग मिलेर सरकार बनाएको छ । नयाँ शक्ति र फोरम नेपालले राजपा नेपालसँग पनि राजनीतिक मोर्चाबन्दी गरेर अघि बढ्ने सहमति गरिसकेका छन् । -उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here