खुट्टा बाँधेर भैसीलाई करणी !

0
796

झापा,भैंसीलाई करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । मोरङको रतुवामाइ नगरपालिका – २ का ४० वर्षिय मङ्गल हस्दाले सोही ठाउँ बस्ने रानी टुढुको भैसी करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनीको तर्फबाट शुक्रबार ‘फिराद’ दर्ता भएको हो ।

हस्दाले छिमेकीको गोढमा बाधेको भैसीलाई ७ सय मिटर पश्चिम एकान्त बास झ्याङ्गगमा लगेर बिहीबार दिउँसोे १२ बजेको समयमा करणी गरेको इलका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए । उनका अनुसार गोठमा बाँधेको भैसी फुकाएर बाँस झ्याङमा लगेर दुवै खुट्टा बाँधेर करणी गरेका थिए ।

गोढमा बाधेको भैसी हराएपछि धनीले खोजी गर्दा भैसी बाँस झयांगमा फेला परेको थियो । नजिकै करणी गर्दा खोलेर छाडेको कपडालाई आधार बनाएर अनुसन्धान गर्दा करणी गने गाउकै युवा मंगल भएको खुलेको थियो । हस्दालाई प्रहरीले पक्राउ गरेपछि उनले अपराध स्विकार गरेका छन् ।

हस्दाले बाँस झ्याङमा भैसी लगेर दुवै खुट्टा बाँधेर करणी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । ‘गोढमा बाधेको भैसी हराएपछि खोजविन सुरु भएको थियो,’ साहले भने, ‘भैसी धनीहरूले खोज्दै जाने क्रममा बास झ्याङमा फेला प¥यो ।’ हस्दाले भैसीलाई करणी गरेपछि सोही ठाउँमा पैन्ट र भेस्ट छोडरेर घर गएका थिए । उनले लगाएको कपडा छिमेकीले चिनेपछि नजिकको प्रहरी कार्यालय पुगेका थिए । भैसी करणी गरेको आरोपमा हस्दालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ‘पक्राउ परेका हस्ताले भैंसीलाई करणी गरेको स्वीकार गरेका छन्,’ प्रहरी निरीक्षक साहले भने ।’

करणी भएको ठहर भए १ वर्ष कैद र १० हजार जरिवाना

पशु करणी दुनियावादी फौजदारी अर्थात (व्याक्तिवादीं) मुद्दा हुने भएकोले यस्तो मुद्दा अदालतमा सोझै दर्ता हुने गरेको छ । शुक्रबार पशु करणी गरेको आरोपमा जिल्ला अदालत मोरङमा भैसी धनी स्वयम उपस्थिी भएर ‘फिराद’ दर्ता गरेको अदालतको श्रेस्तेदार इश्वरमाणि ओझाले जानकारी दिए । पशु करणी गरेको ठहर भए १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवना हुने कानुनी व्यवस्था रहेको छ । फिरादत दर्ता भएपछि प्रतिवादीको हकमा म्यात जारी हुनेछ । अदालते दिएको म्यादमा उपस्थीति भएर छलफल हुनेछ । त्यसपछि प्रतिउत्तर मागेर अदालतले आदेश दिनेछ ।  श्रोत-http://www.blastkhabar.com/news/2019/05/04/105199.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here