विप्लवको अस्तित्व समाप्त पार्ने चेतावनी

0
640

झापा।

विप्लव माओवादीबिरुद्ध शुरुवातदेखि नै आक्रामक भएका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको अस्तित्व समाप्त पार्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको अस्तित्व समाप्त हुने दाबी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियामा नआए विप्लव समूहको अन्त्य हुने चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने गतिविधि नियन्त्रण गरेको बताए । उनले विप्लव समूहद्वारा हतियार बुझाएर हिंसा अन्त्य नगरे सो समूह नै अन्त्य हुने घोषणा गरे । विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टीभित्रै विरोध भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको क्रियाकलाप गैरकानूनी र असंवैधानिक भएको टिप्पणी गरे ।

उनले संसदीय दलको बैठकमा भने–तपाईंहरु किन बिरोध गर्नुहुन्छ, अनि के बम पड्काऊ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा असुल्न इजाजत छ भन्ने ? चैत मसान्तभित्र हतियार नबुझाए विप्लव माओवादीबिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका प्रधानमन्त्री ओली शनिबार आफ्नै सांसदबिरुद्ध खनिएका हुन् ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले वर्तमान सरकारले आफ्ना कर्तुत लुकाउन हतारो गरेको बताएका छन् ।

उनले विप्लव माओवादी प्रति जनताको विश्वास बढ्दै गएको दावी समेत गरे । यता नेपाल कम्युनिष्ट पार्टी विप्लवका झापा जिल्ला इञ्चार्ज सुमनसिंह पौडेलले वर्तमान सरकार आफ्नै कारण धरासायी बन्दै गएको बताएका छन् । उनले विप्लवबिरुद्ध सरकार जुन रुपमा प्रस्तुत हुन्छ, सोही अनुसार जवाफ दिन तयार रहेको उल्लेख गरे ।

उनले नेपालमा भ्रष्टाचार बढ्दै गएको र वर्तमान सरकार आफ्नै कारण बद्नाम हुँदै गएपछि आफ्नो कमजोरी लुकाउन विप्लवबिरुद्ध खनिएको आरोप लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here