बिर्तामोड।
लालीगुराँस टोल विकास संस्था बिर्तामोड–४ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
ओमसाई हस्पिटल भद्रपुरको प्राविधिक सहयोगमा भएको शिविरमा एक सय ८१ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यस्तै शिविरमा एक लाख ७५ हजार मूल्य बराबरको निःशुल्क औषधि समेत वितरण गरिएको संस्थाका अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए ।
बिर्तामोड नगरपालिका–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा औचित्यमाथि प्रकाश तथा स्वागत अम्बिकाप्रसाद न्यौपानेले गरेका थिए ।
प्रेमा भट्टराईले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गोपी अधिकारीले गरेका थिए ।