मैथिल ब्राह्मण महासभामा सम्मान

0
748

बिर्तामोड।

मैथिल ब्राह्मण महासभा जिल्ला कार्यसमिति झापाको आयोजनामा सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका जिल्ला अध्यक्ष अनिलकुमार झाको अध्यक्षता तथा केन्द्रीय महासचिव इन्द्रदेव मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष डा. गौरीशंकर झाले स्वागत गरेका थिए ।

कार्यक्रममा डा. पिताम्बर ठाकुर, डा. बच्चाजी झा, मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेश झा, पाण्डव झा, जगन्नाथ झा, अशोक झा लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका केन्द्रीय सदस्यहरु नरेन्द्रकुमार झा, राघवेन्द्र झा, डा. पिताम्बर ठाकुर, मेची क्याम्पसका पूर्व क्याम्पस प्रमुख गणेश झा, प्रा. शारदानन्द झा, मोहन ठाकुर, जगन्नाथ झा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव जयकुमार झा र बीभा झाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here