चौतारी समूहको नेतृत्व चयन

0
438

बिर्तामोड।

शनिश्चरे मावि एसएलसी २०४८ चौतारी समूहको अध्यक्षमा रञ्जीत परियार चयन भएका छन् ।

नवगठित समितिको महिला उपाध्यक्षमा इन्दिरा खरेल र उपाध्यक्षमा सुनिल विश्वकर्मा, सचिवमा जीतेन्द्र श्रेष्ठ, सहसचिवमा नीरा कार्की, कोषाध्यक्षमा सुरेश प्रसाईं रहेका छन् । त्यस्तै सदस्यहरुमा तारा श्रेष्ठ, दीपेन्द्र पौडेल, रुपा थापा, पुष्पा अधिकारी, प्रवास सदस्यमा रमेश लामिछाने (युएई) र कुञ्जना तिम्सिना (युएसए) रहेका छन् ।

संस्थाका अध्यक्ष खेम नेपालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव सुनिल विश्वकर्माले गरेका थिए ।

२०४८ सालमा शनिश्चरे माविबाट एसएलसी दिएकाहरुले स्थापना गरेको समूहले सामुहिक बचत र चाडवाडमा खेलिएको देउसी आदिबाट संकलन गरेको रकमबाट शैक्षिक तथा सामाजिक कार्य गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here