दुई सय वर्षपछि माक्र्सको सान्दर्भिकता

0
476

वैज्ञानिक समाजवादका प्रणेता कार्ल हेनरिक माक्र्सको २०१औं जन्मजयन्ती सप्ताह उनका विचार, दर्शन र सोचहरुका सम्बन्धमा छलफल, अन्तरक्रिया र बहस गर्दै सम्पन्न भइरहेको छ । माक्र्सवाद समकालीन विश्वको सबैभन्दा प्रभावशाली दर्शन हो । माक्र्सवाद प्राज्ञिक क्षेत्रको जिउँदोजाग्दो विश्व दृष्टिकोण हो । माक्र्सवाद सबैभन्दा वैज्ञानिक दर्शन हो । नारीवादीदेखि समलिंगी अध्ययनसम्म, उत्तर आधुनिकतादेखि उत्तर माक्र्सवादसम्म– यस विचारधाराको उपस्थिति छ ।

माक्र्सवाद समकालीन संसारमा सबैभन्दा आदर र समर्थन गरिएको र सबैभन्दा बढी विरोध गरिएको दर्शन हो । माक्र्स आजसम्मका सबैभन्दा प्रभावशाली दार्शनिक हुन् । माक्र्सवाद पुरानो भयो र यसको सान्दर्भिकता सकियो भन्नेहरुको पनि ठूलो पंक्ति छ संसारमा ।

अहिले हामी सूचना र ज्ञानमा आधारित समाजमा बाँचिरहेका छौं र माक्र्सको उपादेयता अझै सकिएको छैन । माक्र्सवाद वैश्विक सार्वभौमिकतासहितको दर्शन हो, तर यो कुनै धर्मशास्त्र होइन । धर्मशास्त्रमा केही थप गरेमा मान्य हुँदैन, तर माक्र्सवादमा ठोस परिस्थितिको ठोस विश्लेषण गरी नविनतासहित केही थप ग¥यो भने यसको आत्मा बाँच्दछ । विश्वमा नै विश्वविद्यालयमा मानविकी, अर्थशास्त्र र समाजशास्त्र संकायमा माक्र्सवाद अनि यसको बौद्धिक आयामको बारेमा अध्ययन अध्यापन गराइन्छ । नेपालमा यतिबेला सबैभन्दा बढी प्रयोग गरिने शब्दावलीमा समाजवाद उन्मुख राज्यव्यवस्था वा समाजवादको विकास नै रहेको छ । नेपालको संविधान २०७२ को प्रस्तावनामा नै समाजवादप्रतिको प्रतिबद्धता व्यक्त गरिएको छ ।


संविधानको प्रस्तावनामा नेपाल जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका मूल्य र मान्यतामा आधारित समाजवादी राज्यव्यवस्था हुने प्रबन्ध गरिएको छ । वास्तवमा समाजवाद पूर्ण लोकतान्त्रिक राज्यव्यवस्था नै हो । ‘पूmलको आँखामा पूmलै संसार, काँडाको आँखामा काँडै संसार’ भने झैं नेपालको संविधान २०७२ ले गरेको समाजवाद सम्बन्धी परिकल्पनालाई नेपालमा पूँजीवादी, प्रजातान्त्रिक समाजवादी र साम्यवादीहरुले आ–आफ्नै ढंगबाट बुझेका र परिभाषित गर्ने गरेका छन् ।

समाजवादी व्यवस्था भनेको कम्युनिष्ट व्यवस्था हो भनेर मानिने आम नेपाली मान्यता रहँदारहँदै पनि साम्यवाद विरोधी नेपाली कांग्रेसले यसलाई स्वीकार्नु भनेको समाजवाद सम्बन्धी कांग्रेस र कम्युनिष्टको आ–आफ्नै बुझाइ भएका कारणले नै हो । पूँजीवादी राज्य व्यवस्थालाई नै नयाँ नाम दिएर समाजवाद भनिएको होइन भने संसारकै आजसम्मको इतिहासमा सबैभन्दा वैज्ञानिक रुपमा समाजवादको विषद् व्याख्या र प्रस्थापना कार्ल माक्र्सले अघि सारेका छन् । नेपालको संविधान २०७२ को भाग–१ को धारा–४ को उपधारा (१) मा ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुनेछ’ भनी स्पष्ट लेखिएको छ ।

माक्र्सवाद विश्वकै हालसम्मको सबभन्दा उत्कृष्ट मानवहितकारी दर्शन हो । आजसम्मका दार्शनिकहरुले संसारको पीडा र भुक्तमानको चित्रण गरेका छन्, तर माक्र्सको दृष्टिकोणमा सही विश्व दृष्टिकोण भनेको त समाजलाई बदल्नु हो । जब मानव समाज अस्तित्वमा आयो, त्यसपछि मानव समाजका सर्वोतम चिन्तकहरूले ‘मानिसद्वारा मानिसको शोषण र उत्पीडनबाट मुक्त हुने आफ्नो उत्पादनको मालिक आफै हुने, खुशी र समृद्धशाली समाजको निर्माण गर्ने’ परिकल्पना गर्दै आएका थिए । यस विषयमा आफ्नो समयका क्रान्तिकारी विचारकहरूले न्याय र समानताको आधारमा समाजको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा अनेकौं थरिका परिकल्पनाहरू सहितका सिद्धान्तहरू प्रस्तुत गर्दै आएका थिए ।

तर, त्यस प्रकारका सबै विचार र सिद्धान्त समाज विज्ञानका नियम र वास्तविक परिस्थितिमा आधारित नभई कोराकल्पनामा आधारित थिए । ती विचारहरूले वास्तविक रूपमा सामाजिक शोषण र उत्पीडनबाट कसरी मुक्त हुने र न्याय र समानतामा आधारित समाजको निर्माण गर्ने भन्ने सम्बन्धमा सटिक र वैज्ञानिक जवाफ दिन सकेका थिएनन् ।

मानव जातिको विकास जब पुँजीवादमा भयो तब सर्वहारा वर्गको संघर्ष पूँजीवादीका लागि विकासको प्रमुख बाधक बन्यो । ऐतिहासिक आवश्यकताको रूपमा वर्गीय शोषण र उत्पीडनमा मुक्त हुन उपाय र न्यायपूर्ण समाजमा संक्रमण हुने नियम, तरिका र तिनका रूपहरूका बारेमा घोषणा गर्दै आजभन्दा एक सय ७१ वर्ष पहिले जर्मनीका कार्ल माक्र्स र बेलायतका फ्रेडरिक एंगेल्सले सन् १८४८ फेब्रुअरी १२ का दिन विश्वविख्यात कम्युनिष्ट घोषणापत्रले अभिव्यक्त गरेको विचार र सिद्धान्तले विश्वभरिका मजदुर तथा सर्वहारा वर्गको हितलाई वैज्ञानिक आधारमा पुष्टि गर्ने काम ग¥यो ।

माक्र्स–एंगेल्सद्वारा जारी गरिएको सो घोषणापत्रको आधारमा संसारभरका कम्युनिष्ट क्रान्तिकारीहरूले आ–आफ्नो मुलुकको सामाजिक वस्तुस्थितिको विश्लेषण गर्दै त्यस सिद्धान्तलाई लागू गर्ने प्रयत्न गर्दै आएका छन् । यो क्रान्तिको विज्ञान सम्बन्धी कम्युनिष्ट घोषणापत्रको निर्माण गर्नुभन्दा पहिले–पहिले उनीहरूले आफूभन्दा पूर्ववर्ती दार्शनिक, आर्थिक, सामाजिक ज्ञानको प्रशस्त अध्ययन गरेर त्यसैको निष्कर्षको रूपमा माक्र्सवादको प्रतिपादन भयो ।

यसमा जर्मनेली शास्त्रीय दर्शन, अंग्रेजी अर्थशास्त्र र फ्रान्सेली समाजवादको उच्च विकासलाई समावेश गर्दै माक्र्स र एंगेल्सको ऐतिहासिक प्रतिभाको समन्वयले माक्र्सवादको प्रादुर्भावमा पृष्ठिभूमिको काम ग¥यो । माक्र्सले विश्वप्रसिद्ध पुस्तक ‘पूँजी’ को प्रकाशन गरेर मानवजातिको सर्वोत्तम सपना समाजवादको जन्म पूँजीवादको गर्भबाट हुने उद्घोष गरे । माक्र्सवादको जन्म पँुजीवादको विकासको प्रारम्भिक अवस्थामा भएको हो । र माक्र्सले जर्मनेली शास्त्रीय दर्शन, अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवादलाई संश्लेषण गरे र यसै प्रक्रियामा माक्र्सवादको जन्म भयो । माक्र्सवाद एउटा वैज्ञानिक सिद्धान्त हो । माक्र्सवाद एउटा समाज विज्ञान पनि हो ।

माक्र्सवादी दर्शन द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । माक्र्सवाद द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणमा आधारित छ । माक्र्सवादी दर्शनका दुई भाग छन्– द्वन्दात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद । माक्र्सवादी दर्शनको प्रार्दुभाव मानव चिन्तनको उज्ज्वल तथा प्रगतिशील परम्परालाई आत्मसात गरेर भएको हो । रुसी अक्टुबर क्रान्तिका नायक लेनिन भन्छन्–‘माक्र्सवादको जन्म विश्व सभ्यताको अनजान गल्तीबाट भएको होइन । माक्र्सवादी दर्शन आदिमकालदेखिका सर्वाधिक प्रगतिशील मतहरू, सिद्धान्तहरू र विचारधाराहरूको प्रत्यक्ष सिलसिला हो ।’

माक्र्सवादको अर्को महत्वपूर्ण पक्ष भनेको बौद्धिक तप्का आलोचनात्मक चेतले भरिपूर्ण हुनुपर्छ र क्रान्तिकारी बौद्धिक वर्गले मात्र सर्वहारा वर्गको साँचो नेतृत्व गर्न सक्छन् भन्ने शिक्षा हो । सन् १८१८ मे ५ मा जर्मनीमा जन्मेका कार्ल हेनरिक माक्र्स एक प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवम् क्रान्तिकारी व्यक्तिको नाम हो जसको विचार र सिद्धान्तको आधारमा वर्तमान साम्यवाद (कम्युनिज्म) को जन्म भएको हो । आफ्ना अति घनिष्ट मित्र फ्रेडरिक एंगेल्सको सहयोगमा उनले सन् १८४८ मा ३० वर्ष कै उमेरमा संसार हल्लाउने ‘कम्युनिष्ट घोषणापत्र’ प्रकाशित गरे ।

उक्त घोषणापत्रको पहिलो वाक्यको रुपमा उनले लेखेका छन्– ‘सारा युरोपलाई एउटा भूतले सताइरहेको छ, त्यो भूत हो साम्यवादको भूत ।’ सो घोषणापत्रको प्रथम अध्यायको पहिलो पंक्तिमा आफ्नो दृष्टिकोणको सार लेखेका छन्– ‘अहिलेसम्मको सम्पूर्ण समाजको इतिहास वर्ग संघर्षको इतिहास हो ।’ उनले तर्क दिएका छन्– ‘पुरानो सामाजिक आर्थिक प्रणाली सरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी सामन्तवादको स्थान पूँजीवादले लिन्छ त्यसरी नैं समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ ।’ उनले तत्कालीन समयको गहिरो अध्ययन गरेका थिए । त्यो समयको अन्तरविरोधको अधययनबाट नै उनले महान कृति ‘पूँजी’ को रचना गरेका थिए । पुँजीवादी अर्थव्यवस्थाले विश्वमा जटिल समस्या ल्याइदियो । नेपालले पनि आर्थिक उदारवादको नाममा खुला अर्थतन्त्रको अभ्यास गर्दा र त्यसको देखासिकी गर्न खोज्दा अर्थव्यवस्थाले नाङ्गेझार बनेको इतिहास छ ।

निष्कर्षमा भन्दा, वास्तवमा माक्र्सले पूँजीवादमा रहेको अन्तद्र्वन्द्वलाई केलाए र समाजवादमार्फत गरिबीको अन्त्य गर्न सरकारले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा बढी लगानी गरी अर्थनीतिलाई सबल बनाउन प्रयत्न गर्न आवश्यक छ । समाजवादी समाजमा लोककल्याणकारी कार्यक्रमहरू दिएर राज्य जनताको सेवामा लाग्दछ । माक्र्सको बुझाइमा राज्य भनेको एक वर्गले अर्को वर्गलाई गर्ने शोषणको संयन्त्र हो । समाजवादी व्यवस्थामा जनताप्रति उत्तरदायी शासन प्रणाली हुन्छ र राज्यका स्रोतहरूको न्यायोचित वितरण गरिन्छ । समाजवादी व्यवस्थामा लाखौं श्रमशक्ति मुलुक बाहिर पठाएर मुलुकको विकास निर्माणको परिकल्पना गर्न सकिन्न ।

समाजवादमा उत्पादन नाफाका लागि नभएर उपयोगको लागि हुनुपर्ने हो । समाजवादी राज्य व्यवस्थामा व्यक्तिलाई योग्यता अनुसार काम दिने र काम अनुसारको दाम दिनुपर्छ भन्ने मान्यता अनुरुप अर्थतन्त्र तथा सामाजिक परिवेशको निर्माणमा राज्यले ध्यान पु¥याउनुपर्छ ।

समाजवादी धारणा अनुसारको लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित पूर्ण स्वतन्त्रता उपभोग गर्न पाउने व्यवस्थाको प्रत्याभूति नेपालको संविधान २०७२ ले गरेको छ र यसका लागि कार्ल माक्र्सको वैज्ञानिक समाजवाद सान्दर्भिक हुन सक्छ । कम्युनिष्ट घोषणापत्र मार्फत वैज्ञानिक समाजवादको प्रारम्भ भएको १७ दशकभन्दा बढी माक्र्सको देन विश्वव्यापी रुपमा आजपर्यन्त रही रहेको छ र विश्वका बहुआयामिक आन्दोलन र जनसंघर्षका लागि मार्गदर्शक सिद्धान्तका रुपमा माक्र्सवाद अझ समृद्ध र विकसित भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here