दाइजोमा कार नदिँदा घर निकाला

0
855

मोरङ।

सरकारले दाइजो प्रथालाई अन्त्य गर्दै दाइजोको विषयमा महिला हिंसा गरे कडा कारबाही गर्ने जनाए पनि व्यवहारमा भने लागू हुन सकेको छैन् ।

तराईका जिल्लाहरुमा दाइजोका कारण धेरै महिलाले ज्यान गुमाउनुपरेको छ । यस्तै मोरङमा एक व्यक्तिले दाइजोमा कार नपाएको भन्दै श्रीमतीसहित छोरीलाई घर निकाला गरेका छन् । बिराटनगर–१५का चन्दनकुमार दास र उनकी आमा सरितादेवीले जिमी कुमारीलाई दाइजोमा कार नल्याएको निहुँमा कुटपिट गरी घर निकाला गरेका हुन् । दूधमुखे छोरीसहित घरबाट निस्किएकी कुमारी अहिले माइतीको शरणमा रहेको जनाइएको छ ।

श्रीमतीलाई घर निकाला गरेका दासले भारतीय आधार कार्ड बनाएको भेटिएको छ । दाइजोमा मागेको कार नदिँदा श्रीमती र छोरीलाई घर निकाला गरेका दाससँग भारत विहार राज्यको आधार कार्ड र नेपाली नागरिकता भेटिएको हो ।

दासको विहार राज्यको फारबिसगञ्ज–२४की २३ वर्षीया जिमी कुमारीसँग २०७३ फागुन १९ गते विवाह भएको थियो । विवाह भएको एक महिनापछि दास परिवारले जिमीका बुवासँग दाइजोमा कार मागेको थियो । दासले साविकको विराटनगर–१९बाट २०६३ चैत्र ३० गते जन्मका आधारमा नागरिकता लिएका थिए । बाबुराम पोखरेलको हस्ताक्षर भएको नेपाली नागरिकता प्रमाणपत्रमा अखिलकुमार दास बुवाको नाम उल्लेख रहेको छ । नेपाली नागरिकताको नम्बरमा दासको ज. ०५३०८४–२९३ उल्लेख छ । उनको फोटोसहितको मतदाता प्रमाण–पत्रको फारम नम्बर २१७०५३८ उल्लेख गरिएको छ ।

दासले भारत बिहार राज्यबाट ग्राम नगर हरिपुर–९ पोष्ट हरिपुर थाना फारविसगज अनुमंडल अररिया जिल्लाबाट आधार कार्ड लिएका छन् । उनले लिएको आम आदमीका अधिकार भन्ने कार्डको नम्बर ३३६१९५८६६१३७ छ । बुवाको नाम नेपाली नागरिकता र भारतीय अधार कार्डमा अखिलकुमार दास नै रहेको बताइएको छ ।

उनले बिहारको स्थाई निवासी भएको प्रमाण (निवास प्रमाणपत्र) समेत अररिया अनुमंडल फार्बेसगञ्ज प्रखण्ड फारविसगञ्जबाट अंग्रेजी तारिक १७–०३–२०१७मा लिएको प्रमाण समेत फेला परेको छ । उनको आमाको समेत दोहरो नागरिकता रहेको छ । दासकी आमा सरिता दासको फोटोसहितको मतादाता र अधार कार्ड रहेको पाइएको छ । भाइ चेतनकुमार दासको भारतीय आधार कार्ड नम्बर ५६८८९८२७९४०१ रहेको छ ।

नेपाली नागरिकतामा चन्दनको जन्म मिति वि.सं. २०४४ साल चैत्र ६ गते उल्लेख छ भने आधार कार्डमा अंग्रेजी तारिख २६–०२–१९८८ रहेको छ । अमेरिकन वाईसोप्ट कम्पनीमा काम गर्ने दासले बिहेका बेला भारतीय रूपैयाँ ३ लाख ५१ हजारसहित हिरोहोण्डा मोटरसाइकल दाइजो लिएर विवाह गरेको जनाइएको छ ।

घर निकाला गरेसँगै जिमीले न्यायका लागि प्रशासन एवम् मानवअधिकारवादी संघ–संस्थामा पहल गरेको बताइन् । श्रीमान्को दोहोरो नागरिकता भएको जिमीले जानकारी दिइन् । उनले भारतीय नागरिक भएर नेपालको नागरिकता समेत लिएकाले कानूनी कारवाही गर्नुपर्ने बताइन् ।

दोहरो नागरिकता लिएका दासले सम्बन्धबिच्छेदको मुद्दा मोरङ जिल्ला आदालतमा दर्ता गरेका छन् । भारतमा नै काम गर्दै आएका दासले श्रीमती बीए पास नगरेको थाहा पाएपछि आत्मग्लानी भएको बताएका छन् । पाँच तोला सुन र २० तोला चाँदीसहित ८० हजार नगद लिएर श्रीमती माइती गएको उनले आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here