दमकमा सुविधायुक्त ट्राफिक भवन

0
600

दमक।

ट्राफिक प्रहरी कार्यालय दमक झापाको हाताभित्र प्रहरी आवास गृह तथा भान्साघरको शिलान्याश गरिएको छ । उक्त भवनको एक कार्यक्रमका बीच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक केदार रिजालले जनसमुदायले प्रहरीबाट अपेक्षा गरे अनुरुपको प्रहरी सेवा प्रदान गर्न हरदम तयार रहेको बताउँदै शान्ति सुरक्षा सुदृढीकरणमा नागरिकको अहम् भूमिका रहने हुँदा प्रहरी र नागरिकको सहाकार्यले मात्र शान्ति सुरक्षा थप सुदृढ हुन सक्ने बताए । उनले सफा मनले आफ्नो आचरण र ब्यवहारमा सुधार गरी निष्पक्ष र पारदर्शी भएर जनताका कामहरु गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको २० लाख, दमक नगरपालिकाबाट १० लाख र अन्य स्थानीयबासीहरुको सहयोगमा जम्मा दुई करोड ८३ लाख २७ हजार दुई सय ५० रुपैयाँमा तीन तले सुबिधासम्पन्न कार्यालय भवन निर्माण हुन लागेको भवन निर्माण समितिका अध्यक्ष गणेशबहादुर बस्नेतले बताए ।

उक्त भवनमा सुबिधासम्पन्न १४ वटा कोठा रहने र छुट्टै मेश समेत निर्माण गरिने उनले बताए । प्रहरीको लागि सुबिधासम्पन्न आवास तथा भान्साघर निर्माणले स्थानीय स्तरको सुरक्षामा थप टेवा पुग्ने आफुले बिश्वास लिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here