गौरीगञ्जको सडक कालोपत्रे गरिँदै

0
448

गौरीगञ्ज।

गौरीगञ्ज गाउँपालिका वार्ड नं. ६ स्थित भारू चौक दक्षिण कृष्ण महतोको घरदेखि देवीगञ्ज जानेबाटो कालोपत्रे शुरु गरिएको छ ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादवले संयुक्तरूपमा कालोपत्रेको शुरुवात गरेका हुन् ।

तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत उक्त बाटोमा कालोपत्रे गर्नका लागि जगदम्बा कन्सट्रक्सनले असार २५ गतेभित्र निर्माण कार्य सम्पन्न हुने गरी ५२ लाख रूपैयाँमा ठेक्का लिएको छ । पाँच मिटर चौडाई भएको उक्त बाटो नौ सय ३५ मिटर कालोपत्रे गरिने जगदम्बा कन्स्ट्रक्सनका प्रोपाइटर रवि भट्टराईले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगञ्ज गाउँपालिका भरिमा यो सडकमा पहिलोपटक कालोपत्रे गरिन लागेको बताउँदै अर्काे वर्ष पनि उक्त बाटो भारतीय सीमानासम्म कालोपत्रे बनाउने योजना रहेको जानकारी दिए ।

वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादवले यो बाटो कालोपत्रे बनाउन धेरै ठूलो प्रयास पश्चात् बजेट विनियोजन भएको बताए । तराई–मधेश समृद्धि कार्यक्रम अन्तर्गत यो सडकमा कालोपत्रेका लागि ७७ लाख रूपैयाँ बजेट विनियोजन भए पनि कालोपत्रे निर्माणका लागि ५२ लाख रूपैयाँमा ठेक्का लागेको र बाँकी रकम सोही बाटोमा खर्च गरिने बताइएको छ ।

कार्यक्रममा वार्ड नं. ५ का अध्यक्ष विजय सिंह, वडा सदस्य उदिमकुमार राई, लीला गनगाई, गाउँपालिकाका अधिकृत विरेन्द्र खड्का, वडा सचिव गोविन्द राजवंशीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here