स्वतन्त्र पत्रकार संघको अध्यक्षमा मसाल, ढकाल केन्द्रिय सदस्य

0
506

झापा ।

तनहुँको बन्दिपुर स्थित भानु माबिमा सम्पन्न स्वतन्त्र पत्रकार संघ नेपालको आठौं साधारण सभा तथा तेस्रो राष्ट्रिय माहाधिबेसनबाट नरेन्द्र ढकाल केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् ।

पूर्वाञ्चल दैनिकमा आवद्ध ढकाल पूर्वका झापा,इलाम, पाँचर र ताप्लेजुङका चार जिल्लाको संयोजकको रुपमा रहेका छन् । माहाधिवेशनको बन्दसत्रले बरिष्ठ पत्रकार केबि मसालको अध्यक्षतामा ३१ सदस्य केन्द्रिय कार्य समिति गठन भएको हो ।

केन्द्रिय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा केबि सम्राट रहेका छ्न । खुला उपाध्यक्ष राजेन्द्र देब रायमाझी, महिला उपाध्यक्षमा अम्बिका पाण्डे, माहा सचिब जिबन लाल सुवेदी, अन्जन नेउपाने डेढ–डेढ बर्षका लागि सहमती भएको हो । त्यस्तै उपमहासचिबमा छबिलाल सुनार, कोषाध्यक्षमा सालिराम पाण्डे, सहकोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ, तीन जना महिला सदस्य हरुमा २ जना सीता दर्नाल र अमृता असिय चुनिएका छन ।

खुला सद्स्यहरुमा माहाप्रसाद खतिवडा , माहानन्द सापकोटा, प्रेम गिरी, मोहन ढकाल, उर्गेन लामा निर्वाचित भएका छन । मधेसी कोटा सदस्यबाट देबनारायन शाह रहेका छन । उद्घाटन समरोहमा बोल्दै गण्डकी प्रदेश तनहुँ जिल्लाका प्रतिनिधि सभा सांसद किसान श्रेष्ठ, तनहुँका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा लगायतले दिगो बिकास र समृद्ध राष्ट्रका लागी पत्रकार स्वतन्त्र हुनुपर्नेमा जोड दिएका छन् । माहाधिबेसनमा २५ जिल्लाका ११७ जनाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here