योजना निर्माण सम्बन्धी गोष्ठी

0
565

विर्तामोड।

नेपाल बुद्धिजीवी परिषद् झापाको आयोजनामा योजना निर्माण तथा स्थानीय तहको हक अधिकार सम्बन्धी गोष्ठी सम्पन्न भएको छ ।

विर्तामोड–१०को सहयोगमा आयोजित गोष्ठीमा स्थानीय तहमा विकास निर्माण, योजना तर्जुमा, योजना फछ्र्यौट तथा नागरिक हक अधिकारकाबारेमा छलफल भएको थियो ।

परिषदका झापा अध्यक्ष लीलाप्रसाद अधिकारीको अध्यक्षता तथा विर्तामोड–१०का वडाध्यक्ष दूर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उमानाथ ओली, टंक उप्रेती र देवराज कार्कीले सहजीकरण गरेको बिर्तामोड–१०की वडासदस्य गीता पोखरेलले जानकारी दिइन् ।

सो अवसरमा सहभागीले उठाएका जिज्ञासा र प्रश्नको जवाफ दिँदै वडाध्यक्ष गुरुङले जनचाहना अनुसार नै सबैको साथ र सहयोग लिएर समृद्ध वडा निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बिर्तामोड–१०का वडा सदस्यहरु भक्तसिं राजवंशी, दिपिका शिवा लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा इन्द्रबहादुर मुखिया, कृष्ण विमली, देवीप्रसाद दंगाल, मोहन उप्रेती, मनु मुखिया, रिभानध्वोज मोक्तान लगायतले धारणा राखेका थिए । रोमणि भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन डा. राजेन्द्र अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here