भारतीय मदिरा खुलेआम नेपाल भित्रिँदै

0
274

भद्रपुर।

भारतीय ब्राण्डका मदिराजन्य पदार्थ इलामको पशुपतिनगर नाका हुँदै झापाका बजारमा बिक्रीवितरणका लागि भित्र्याउने गरेको पाइएको छ ।

सो नाकाबाट भारतीय सिक्किम ब्राण्डका रक्सी तथा वियर चोरी निकासीको माध्यमबाट नेपाली बजार भित्र्याउन तस्कर समूह सक्रिय बनेपछि यस्तो पाइएको हो । यसैक्रममा सशस्त्र प्रहरी बल नेपाल, २ नम्बर गण झापाबाट खटिएका सादा पोशाकका सशस्त्र प्रहरी टोलीले झापाको बुद्धशान्ति–१स्थित मेची राजमार्गबाट ११४ बोतल रक्सी बरामद गरेको छ ।

इलामको पशुपतिनगरबाट झापातर्फ आउँदै गरेको यात्रुवाहक बस चेकजाँचको क्रममा सशस्त्र प्रहरीले सिक्किम ब्राण्डका रक्सीका बोतल बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल, २ नम्बर गण झापाका सशस्त्र प्रहरी नायव उपरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार १७ वटा साना कार्टुन र एउटा ठूलो कार्टुनमा उक्त रक्सी प्याक गरेर नेपाल भित्र्याइएको हो । बरामद गरिएको अन्दाजी ४५ हजार रुपैयाँ बराबरको रक्सी आवश्यक कारवाहीका लागि भद्रपुरस्थित आन्तरिक राजश्व कार्यालय मेची बुझाइसकेको जनाइएको छ ।
पछिल्लो समयमा इलाम र झापाका नाकाबाट पनि भारतीय ब्राण्डका रक्सी तथा वियर नेपाल ल्याउने गरेको छ । केही परिमाण झापाका बजारमा खपत गर्ने र बाँकी नेपालको नाका हँुदै भारतको बिहार राज्य पठाउने तस्करको योजना रहेको सशस्त्र प्रहरी स्रोतको दावी छ ।

भारतको बिहारमा मदिराजन्य पदार्थ बिक्री–वितरण तथा सेवनमा राज्य सरकारले रोक लगाएपछि भारतको बाटो भएर सिक्किमे मदिरा लैजान सकिँदैन ।

त्यसैले नेपालको बाटो भएर बिहार भित्र्याउने गरेको बताइएको छ । सशस्त्र प्रहरीले यसअघि पनि पशुपतिनगरबाट भित्रइएको भारतीय रक्सी पटक–पटक बरामद गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here