भद्रपुर।
कचनकवल गाउँपालिकास्थित बनियानी बजारमा नेपाल ट्रेड एण्ड सर्भिस लिंकको स्कट कम्पनीको पावरटेक ट्याक्टरको शाखा विस्तार गरिएको छ ।
सो शाखाको सोमबार एक कार्यक्रमको बीच कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलामले उद्घाटन गरेका हुन् । भारतमा उत्पादित स्कट कम्पनीको पावर पावरटेक ट्याक्टर ट्रेड एण्ड सर्भिस लिंकले दक्षिणी झापाका किसानहरुलाई लक्षित गरेर शाखा विस्तार गरेको शाखाका प्रतिनिधि डम्बर बस्नेतले जानकारी दिए ।
यस कम्पनीले गुणस्तरीय ट्याक्टर उत्पादन गर्दै आइरहेको बताउँदै बस्नेतले भने– ‘नेपालको बिभिन्न जिल्लामा यो कम्पनीको ट्याक्टर बिक्री वितरण हुँदै आइरहेको छ । स्कट कम्पनीका एरिया बिजनेस म्यानेजर समिर बर्माका अनुसार पाँच बर्षसम्म वारेन्टी र ५ हजार घण्टासम्मको ग्यारेन्टीको व्यवस्था छ ।
त्यस्तै कम्पनीका प्रतिनिधि जीवन ठटालका अनुसार दक्षिणी क्षेत्रका कृषकले आफ्नो जीविका नै कृषि क्षेत्र बनाएकोले ती कृषकलाई आधुनिकीकरण गर्नका लागि बनियानी, केचना, घेराबारी, पाठामारी, बालुबाडी, पथरिया लगायतका क्षेत्रहरुमा पहिलोपटक कृषकलाई लक्षित गरेर यस कम्पनीको ट्याक्टर ल्याएको हो ।
उद्घाटन कार्यक्रमकै दिन स्थानीय कृषक केशब लुइँटेलले ट्याक्टर खरिद गरेकाले उनलाई गाउँपालिका अध्यक्ष अञ्जार आलामले ट्याक्टरको चावी हस्तान्तरण गरेका थिए । डम्बर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य तपन रायले राखेको थिए भने सञ्चालन जीवन ठटालले गरेका थिए ।






























