महालक्ष्मी किर्तन मण्डलीको नेतृत्व चयन

0
633

बिर्तामोड।

बिर्तामोड नगरपालिका–१ पञ्चकन्या सोसाइटीमा रहेको महालक्ष्मी किर्तन मण्डलीको अध्यक्षमा गौरा भेट्वाल चयन भएकी छिन् ।

किर्तन मण्डलीको दोस्रो वार्षिक साधारणसभाले भेटवालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवगिठित समितिको उपाध्यक्षमा पार्वता ओडारी, सचिवमा तारा गौतम, सह–सचिवमा सुनिता प्रसाई , कोषाध्यक्षमा निशा भट्टराई रहेका छन् ।

त्यस्तै सदस्यहरुमा लोकनाथ घिमिरे, इन्दिरा घिमिरे, यमुना ओझा, डिल्ली (दीपक) त्रिताल, माधव सुबेदी, चन्द्रा बिमली, दीपा प्रसाईं र सरस्वती(सरु)कार्की रहेका छन् ।

मण्डलीका अध्यक्ष गौरा भेटवालको अध्यक्षता तथा बिर्तामोड वडा नं. १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य टीकाप्रसाद संग्रौला, ओमनाथ उप्रेती, चण्डिकाप्रसाद आचार्य, रुपनारायण पाण्डे, देवी पञ्चकन्या किर्तन समूहका अध्यक्ष भबेश शिवाकोटी, देवी पञ्चकन्या सोसाइटीका अध्यक्ष तेजमणि प्रसाईंले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष भेटवालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाले खर्च कटाएर बचेको रु. पाँच हजार एक सय रुपैयाँ पञ्चकन्या बिन्ध्याबासिनी दुर्गा मन्दिरमा अक्षय कोषका लागि प्रदान गरिएको कार्यक्रममा जानकारी दिइयो ।

कार्यक्रममा निरन्तर भजनकिर्तनमा योगदान पु¥याउने हिरानन्द थपलिया, लोकनाथ घिमिरे, मैयादेवी खुलाल र यमुना ओझालाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here