‘मेयर र उपमेयरबीच सहकार्य नहुँदा विकासमा बाधा’

0
546

बिर्तामोड।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीलाई बिर्तामोडमा स्वागत गरिएको छ ।

विर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रम खड्गीलाई स्वागत गरिएको हो । बिर्तामोड उद्योग वाणिजय संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उपमेयर खड्गीले अधिकांश महानगर, उपमहानगर र नगरपालिकाका मेयर र उपमेयरबीच सहकार्य नहुँदा स्थानीय तहको विकासमा बाधा पुगेको बताइन् ।

आफूले रानीपोखरीलाई प्राकृतिक रुपमै बनाउनुपर्ने अडान राखेपछि काठमाडौं महानगरपालिकाका मेयरले आफूसँग सहकार्य नगरेको बताउँदै उनले रानीपोखरी प्राकृतिक राख्ने कुरामा एक्सन लिएपछि आफूहरुको सहकार्य तोडिएको उनले बताइन् । ‘कुनै पनि नगर तथा गाउँपालिकामा पनि उपमेयर तथा उपाध्यक्षलाई बजेटमा अधिकार दिइएको छैन, यसले मेयर र उपमेयरबीच वादविवाद सिर्जना हुने गरेको छ’ – उनले भनिन् ।

उपमेयर तथा उपाध्यक्षलाई पनि विकास बजेट कार्यान्वनयनमा समान सहभागिता गराउन माग गर्दै उनले मेयरले उपमेयरलाई धेरै कुरा जानकारी नै नदिने गरेको गुनासो गरिन् । उनले उपमेयरको देशब्यापी भेलाको तयारी भइरहेको पनि जानकारी दिइन् ।

मेयरले काठमाडौं महानगरको एक अर्ब विकास बजेट नविल बैंकको ‘फिक्स डिपोजिट’मा राखेकोप्रति आपत्ति जनाउँदै उनले आफू पर्यावरण सम्बन्धी कार्यक्रममा सहभागी हुन दिल्ली गएका बेला मेयर र ठेकेदारको मिलेमतोमा आर्थिक लेनदेनको कुनै प्रमाण नदेखिने गरी प्रतिसटर १० देखि १५ लाख रुपैयाँसम्म लिएर टुडीखेलमा ४२ वटा पसल राखिएको र प्रधानमन्त्रीको निर्देशनमा पसल भत्काइएपछि ठेकेदारले रातारात पैसा फिर्ता गरेको बताइन् । यसअघि टुडीखेलको खाली जग्गा कब्जा गर्ने गरी रातारात ४२ वटा सटर राखिएको थियो । सार्वजनिक जग्गा मिचिएकोमा सर्वसाधारणले आपत्ति जनाएपछि ती सटर रातारात भत्काइएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले दुईतिहाईको दम्भमा वर्तमान सरकार राज्यकोषको दोहन गर्दै कार्यकर्ता पोस्न लागिपरेको आरोप लगाए । सरकारले झापामै पनि राज्यको सम्पत्ति दोहन गरेको प्रसंग उल्लेख गर्दै सभापति थापाले भने– ‘झापाको लखनपुरस्थित पाथीभरा सशस्त्र प्रहरी बलको छ सय विगाह जग्गामध्ये पाँच सय विगाह जग्गा सरकारकैे संरक्षणमा ब्यक्तिका नाममा सारिसकिएको छ, त्यहाँबाट प्रहरी बल इलाम सारिएको छ ।’ सुरक्षाका दृष्टिले महत्वपूर्ण मानिने उक्त बल सारिएकोप्रति उनले आपत्ति समेत प्रकट गरे ।

सरकारले एक बर्षमा २४ वटा जघन्य घटना गराएको बताउँदै उनले कांग्रेस चुप लागे लोकतन्त्र समाप्त हुने खतरा देखिएको बताए । कार्यक्रममा कांग्रेस नेता देउमान थेवे, उद्योग वाणिज्य संघ प्रदेश नं. १ का सदस्य बलराम कार्की लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव भेषराज भण्डारी प्रशान्तले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here