एचवाईएवी लिडरसिप तालिम

0
822

विर्तामौड।

सहारा नेपालको आयोजना, ह्याविटाट फर ह््युमानिटी नेपालको सहयोग र विर्तामोड नगरपालिका वडा नम्बर १० को संयोजनमा एचवाईएवी लिडरसिप सम्बन्धी तालिम सोमवारबाट शुरु भएको छ ।

युवा समूहलाई सामाजिक काममा उत्प्रेरित गर्दै नेतृत्व गर्ने क्षमता विकास गर्नै उद्देश्यले तालिमको आयोजना गरिएको सहारा नेपालका शाखा प्रबबन्धक घनश्याम रायले बताए ।

प्रबन्धक रायको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं. १०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नंं. १०का वडा सदस्यहरु अर्जुन सिटौला, गीता घिमिरे, दिपिका शिवा भक्तसिंह राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
३५ जनाको सहभागिता रहेको तालिमको सहजीकरण कुसुम उप्रेती र विनोद दाहालले गरिरहेका छन् ।

ह्याविट्याट नेपालले विकास निर्माण तथा दैवीप्रकोपका लागि समेत सहयोगी भूमिका खेल्नका लागि बिर्तामोड नगरपालिकामा ३०० जना युथ नेतृत्व उत्पादन गर्ने अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको सहाराका शाखा प्रबन्धक रायले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here