सूर्योदय टेलिभिजनको चौथो वार्षिक उत्सव कार्यक्रम सम्पन्न

0
746

झापा ।

सूर्योदय टिभि एण्ड मिडिया प्रालिद्वारा सञ्चालित सूर्योदय टेलिभिजनले आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ ।

मंगलबार विर्तामोडको हिकोला हेरीटेज होटलमा कार्यक्रमको आयोजना गर्दै टेलिभिजनले चौथो वार्षिक उत्सव मनाएको हो ।कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनोज उप्रेतीले टेलिभिजनको ३ वर्षको अवधि उपलव्धीमुलक भएको बताउनु भयो ।पुर्वको गहनाकोरुपमा स्थापित सुर्योदय टेलिभिजनले आफ्नो शाख छोडीसकेको बताउँदै उहाँले मुलुकका सबै जिल्लामा अनिवार्य उपस्थिती जनाउने धारणा राख्नु भएको छ ।

आगामी दिनमा थप मनोरञ्जनात्मक तथा सुचना मुलक कार्यक्रमहरुका साथ अघि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष उप्रेतीले प्रविधिले फड्को मारीरहेको अवस्थामा सूर्योदय टेलिभिजन अव चाँडै एचडी प्रविधिमा रुपान्तरण गरिने जानकारी दिनु भयो ।

टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले स्वागत गर्नु भएको कार्यक्रममा टेलिभिजनले स्थापनाको ३ वर्षमा गरेको उपलव्धी र आगामी कार्य योजनाका विषयमा समेत छलफल भएको थियो । कर्पोरेट डाईरेक्टर याम बिमलीले संस्थाको हाल सम्मको समिक्षा सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा सिनियर कार्यक्रम प्रस्तोता टिकाराम नेति नेपाल,कार्यक्रम प्रमुख देवी गौतम,कार्यक्रम उत्पादन प्रमुख दिपेन भेटुवाल,समाचार संयोजक रमेश तिवारी,कार्यक्रम प्रस्तोता गोपाल काफ्ले,भिडियो सम्पादन प्रमुख नवराज न्यौपाने र प्रविधिका बारेमा स्पेशलिङ केवल टेलिभिजनका प्राविधिक प्रमुख नवराज उप्रेतीले आफ्ना विचार राख्नु भएको थियो ।

कार्यक्रममा टेलिभिजन सञ्चालक समिति सदस्य युवराज दाहालले टेलिभिजनको बिगत र वर्तमान अवस्थाका बारेमा भनाई राख्नु भएको थियो ।कार्यक्रममा सञ्चालक समिति सदस्य युवराज दाहाल,रामकुमार बुढाथोकी,टंक गौतम,नवराज दाहाललगायत संस्थामा आवद्व सबै कर्मचारीहरुको उपस्थिति रहेको थियो । वार्षिक उत्सवको अवसरमा टेलिभिजनका पुर्व कर्मचारी विष्णु श्रेष्ठ र रीता सापकोटालाई सम्मान तथा बिदाई गरीएको थियो ।

२०७३ साल बैशाख १ गतेबाट परिक्षण प्रसारण शुरु गरेको सूर्योदय टेलिभिजनले २०७३ साउन १ गतेबाट नियमित प्रसारण सुरु गरेको हो । टेलिभिजनले दैनिक तथा साप्ताहिक गरि करीब १६ वटा भन्दा बढी विभिन्न प्रकारका कार्यक्रम र दैनिक नौ पटक समाचार प्रसारण गर्दै आएको छ । टेलिभिजनको केन्द्रीय कार्यालय झापाको विर्तामोड स्थित भद्रपुर रोडमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here