सुरुङ्गा।
मैनाली समाज झापाको आयोजनामा पाँचथरको जोरपोखरीमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पाँचथरको हिलिहाङ्ग–६ स्थित जोरपोखरी माविको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा आठ सय ६० जना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो । एकजना बिरामीेले तीन वटासम्म रोगको परीक्षण गराएका थिए । सबै बिरामीलाई छ लाख ५० हजार बराबरको निःशुल्क औषधि वितरण गरिएको थियो भने एक सय ६० जनाको ल्याब टेस्ट गरिएको थियो । शिविरमा एक सय ३१ जनालाई चश्मा वितरण गरिएको थियो ।
शिविरको संयोजन वरिष्ठ अर्थोपेडिक डा. लक्ष्मीप्रसाद मैनालीले गरेका थिए । डा. उत्तरकुमार मैनाली, डा. गुरुप्रसाद मैनाली, डा. ऋचा शर्मा मैनाली, डा. रवीन्द्रलाल दास, डा. प्रवीण चापागाई, डा.ऋतु शर्मा, डा. अजितकुमार ठाकुर, डा. किशोर रिजाल लगायतको मेडिकल टिमले सेवा पु¥याएको थियो ।
मैनाली समाज पाँचथर र दृष्टि आँखा अस्पतालको सहआयोजना रहेको उक्त शिबिरमा क्वेष्ट फर्मास्युटिकल्स, एभियन फर्मा, सोलार फर्मा, मेगा औषधि कम्पनी, एरिष्टो नेपाल, माइक्रो ल्याब, ओम्निका फर्मास्युटिकल्स, ओमसाई पाथिभरा अस्पताल, साथी मेडिको, पानस फर्मास्युटिकल्स, असीम फर्मा, समर्पित अस्पताल फिदिम लगायतको सहयोग रहेको मैनाली समाज झापाका सदस्य रेणुका मैनालीले बताइन् ।
जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष विष्णुप्रसाद सापकोटाको प्रमुख आतिथ्य तथा पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी बस्ती र हिलिहाङ गाउँपालिकाका अध्यक्ष भवानी लिङ्देनको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा मैनाली समाज झापाका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षता रहेको थियो ।
पाँचथर मैनाली समाजका पूर्व सचिव देवीभक्त मैनालीले स्वागत गरेको कार्यक्रममा शिबिर संयोजक डा. लक्ष्मीप्रसाद मैनालीले औचित्यमाथि प्रकाश पारेका थिए । शिविर सम्पन्न गर्न झापाका उपाध्यक्ष श्रीप्रसाद मैनाली, देवीप्रसाद मैनाली, भवानी मैनाली, अर्जुनकुमार मैनाली लगायतले भूमिका निर्वाह गरेका थिए ।
जोरपोखरी बेस क्याम्पका प्रमुख विष्णुबहादुर कार्की, जोरपोखरी माविका अध्यक्ष कृष्णप्रसाद मैनाली, प्रधानाध्यापक धापति सिटौला, इञ्जिनियर रुद्र मैनाली लगायतको आतिथ्य रहेको कार्यक्रम मैनाली समाज झापाका सचिव रामप्रसाद मैनालीले सञ्चालन गरेका थिए ।