
विकास र समृद्धि भन्ने कुरा आफै आउँदैन, यो कुनै जादुगरले कागजलाई पैसा बनाएको जस्तो र फिल्ममा हिरोले सयौं गुण्डाहरुलाई कुटेर लडाई जिते जस्तो पनि होइन । यसको निम्ती त्याग र दृढ इच्छाशक्ति हुन जरुरी छ । साच्चै नै हामीले विकास र समृिद्घ चाहेको हो भने परिवर्तन आफैबाट शुरु गर्नु पर्दछ । यो देशको विकास भनेको नेपालीले नै गर्ने हो, यहाँ जापानी, कोरियन, चिनियाँहरुले आएर नेपाल बनाउँदैनन्, र ती देशहरु पनि बाहिरका नागरिक बाहिरका नागरिक गएर बनेको जरुर होइन । त्यहीका नागरिकलाई देश बनाउने चेतना भरेर मात्र देश विकास सम्भव भएको हो । नेपाल आफैमा पृथ्वीले सिङ्गारिएको देश हो । यो देशलाई थोरै मात्र फूलबुट्टाहरु मात्र भर्न पाएमा बेहुली झैं सिँगारिन धेरैं दशक पखर्नु पर्देन । देश विकास साच्चि नै गर्ने हो भने निम्नानुसारका कुराहरुलाई राज्यले गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्न अब ढिला गर्नु हँुदैन ।
शिक्षामा व्यापक सुधारसहित शिक्षाको विकासः
राज्यले सबैका लागि शिक्षा अनिवार्य गर्नुपर्दछ र शिक्षाको उज्यालो प्रकाश मार्फत सबै नेपालीलाई ज्ञानको ज्योति दिनु पर्दछ । शिक्षामा नैतिकता, राज्यप्रति नागरिकको जिम्मेवारी, असल नागरिक बन्नुपर्ने, देशप्रेमको भावना जगाउने, सकेसम्म शिक्षा नीति परिवर्तन गरी माध्यामिक शिक्षा अध्ययनपछि विद्यार्थीको रुची अनुसार व्यावहारिक र प्राविधिक शिक्षामा जोड दिने जसका कारण उसले सिकेको सिप र दक्षताले ऊ नेपाल मै आफू बाँच्न र अरुलाई बचाउन सक्ने किसिमको शिक्षा नीति ल्याएर विभिन्न विद्याहरु छुट्याएर माध्यामिक शिक्षापछि कृषि, पर्यटन, वन, वातावरण शिक्षा, स्वास्थ्य, अर्थशास्त्र, राजनीति शास्त्र, भूगोल आदि विषयहरुमा विद्यार्थीको रुची अनुसार छुट्याएर व्यावहारिक शिक्षा दिन सक्नुपर्छ । सबै नागरिकले आफ्नो देशको भाषा, संस्कृति, सभ्यतालाई जगाई राख्ने चेतना शिक्षा मार्फत सबै नेपालीलाई बाँड्न सक्ने काम हुनुपर्दछ ।
विदेशमा भएका दक्ष नेपाली जनशक्तिलाई नेपाल फर्काउनु पर्छः
दोस्रो महत्वपूर्ण काम भनेको विदेशमा भएका दक्ष नेपाली जनशक्तिलाई जतिसक्दो छिटो नेपाल आउने वातावरण बनाएर देशमा नै उनीहरुले सिकेको सिप, ज्ञान र क्षमता प्रयोग गर्ने वातावरण निमार्ण गर्नुपर्दछ ।
मैले मेरो देशको निम्ती केही गर्नु पर्दछ, भन्ने भावना जगाएर विभिन्न मुलुकमा रहेका दक्ष जनशक्तिलाई सरकारले रोजगारको सुनिश्चितता गर्दै देश बनाउन स्वदेश फर्क अभियान सञ्चालन गर्न सके विकसित मुलुकको विकास र प्रविधि हाम्रो माटोमा मैलाउन लामो समय कुर्नुपर्र्ने थिएन ।
सकारात्मक सोचको विकास प्रत्येक नागरिकमा हुनुपर्दछः
देश विकसित हुन सबै नागरिकमा सकारात्मक सोचको जरुरी छ । केही भएन, हँुदै भएन, गर्न सकिएन, सखापै हुन्छ ऊ केही होइन, त्यो नाथेभन्दा म नै ठूलो हँु जस्ता भावना प्रत्येक नेपालीले आजैबाट छाड्नुपर्छ र यो हामीले गर्नुपर्छ, यो हामीबाट सम्भव छ । चुनौति होला तर असम्भव छैन, मेरो देश पनि सिङ्गापुर, जापान, कोरिया, यूरोप जस्तो बन्न सक्छ, हामीले नै बनाउने हो बनाउनुपर्छ । राज्यको कानून हामी सबैले मान्नुपर्छ, यो धर्तीको माटो मेरो हो, म जन्मेको देश र मेरी आमाभन्दा ठूलो कुरा केही छैन भन्ने भावना जागृत सबै नागरिकलाई सकारात्मक सोचको विकास गराउन जरुरी छ ।
कृषिमा यान्त्रिकीकरण र देशमा औद्योगिकीकरण हुनुपर्दछः
देशको विकास हुन कृषिमा यान्त्रिकरण गरी श्रमको मूल्य घटाएर, उत्पादन बढाएर, मूल्य नियन्त्रण गरी राज्यले बजारीकरणमा आफै उपस्थित जनाएर उत्पादित वस्तुलाई खरिद गरी बजारीकरण गर्न अत्यन्त जरुरी छ । जसले गर्दा किसान र राज्यबीचको खाडल अन्त्य भई देश खाद्मान्नमा आत्मनिर्भर हुन्छ ।
अनि देशमा ठूला–ठूला उद्योग स्थापना गरी विदेशिएको श्रमलाई देशभित्र नै रोक्नु पर्दछ । युवाहरुलाई विदेश गएर देश समृद्घि हुन सक्दैन । निजीकरण नाममा घरायसी बनाएका उद्योगहरुलाई यथाशीघ्र सञ्चालनमा ल्याएर ठूला–ठूला बहुर्राष्ट्रिय कम्पनीहरुलाई नेपालमा आकर्षण गरी रोजगारीको वातावरण सृजना गर्नुपर्छ । जसले गर्दा उनीहरुले नागरिकलाई रोजगार र राज्यलाई कर र व्यापार घाटा कम गर्न महत्वपूर्ण योगदान पुग्छ ।
विकास र समृृद्घि प्रत्येक नेपालीको सपना हुनुपर्छः
म गरीब थिए गरीब हुँ र गरीब भएर नै मर्नेछु भन्ने छैन, म गरीब थिए गरीब हुँ र अब म धनी भएर मात्रै मर्ने छु, भन्ने सपना देख्नु पर्दछ । खाली कसरी श्रम बगाउँदा कुन कुरा उत्पादन गर्दा मेरो जीवनशैली फेरिन सक्छ । म अवश्य एक दिन विकसित मुलुकको नागरिक सरह म र मेरो देश पुग्नेछ, पु¥याउने छ, भन्ने सपना प्रत्येक नेपालीमा हुन जरुरी छ ।
पूर्वाधार विकासमा जोड दिनुपर्छ ः
समृद्घीको अर्को खुड्किलो पूर्वाधार विकास हो, बाटाहरु सकेसम्म चाडो गरी फराकिलो बनाउनुपर्छ । राष्ट्रिय राजमार्ग उत्तर दक्षिणका मार्गहरुलाई चारदेखि छ लेनसम्म अनिवार्य गर्नुपर्छ, यातायात विकासलाई उच्च प्राथमिकता दिएर हाइवे यातायातलाई पर्ने व्यापक विस्तार गरी प्रत्येक प्रदेशमा १÷१ वटा अन्तर्राष्ट्रिय विमानस्थल निमार्ण गर्नुपर्दछ, जसले गर्दा पर्यटनको समृृद्घी पाहुना बनेर आउँछिन् ।
जनताको भावना बुझ्ने नेता हुनुपर्छ ः
यो देश बनाउने भनेको नेपालीले नै हो, यहाँका राजनीतिक दल र तिनका नेता विदेशीको दलाल, विदेश शक्ति केन्द्रका एजेन्ट, धर्मका पाखण्डी नभएर नेपाल र नेपालीको मुटुसम्म छुने हुनुपदर्छ र म मेरो परिवार मेरो पार्टी मेरो कार्यकर्ता नभनेर सबैलाई बराबर देख्ने र मेरो देशभन्दा ठूलो केही छैन भन्ने भावना देश हाक्ने नेतामा हुनुपर्दछ ।
नागरिकको बसोबासलाई व्यवस्थित गर्नुपर्दछ ः
देश विकसित हुन नागरिकको अत्यन्तै ठूलो भूमिका हुन्छ । नागरिक छरिएर बसोबास भएमा विकासका पूर्वाधार पु¥याउन कठित हुन्छ, लागत बढी हुन्छ, त्यसकारण उत्पादन नहुने क्षेत्र रोजेर एकीकृत बस्ती बसाएर भूमीको वैज्ञानिक विभाजन गरी नागरिकलाई एकीकृत बस्तीमा बसाउने र अर्पाट सिस्टमका घरहरुमा बस्दा हुने फाइदाबारे नागरिकलाई जानकारी गराउने जसले गर्दा छरिएर रहेका बस्ती एकै ठाउँमा हुने र बाटो यातायात बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा जस्ता कुरा जनताको पहँुचमा छिटो आउँछन् ।
भूमिको भूउपयोगी नीति हुनुपर्दछ ः
भूमीलाई बहुउपयोगी बनाउनुपर्छ । कृषि, उद्योग, आवास पयर्टन, वनजगंलमा विभाजन गरी कुन कुरा, कुन ठाउँमा उपयोगी हुन्छ, अध्ययन गरी वैज्ञानिक ढंगले छुट्याएर सोही उपयोगी गर्न जरुरी छ ।
राष्ट्रिय प“ुजी निर्माण गर्न वैदेशिक सहायता लिने ः
हामीसँग पर्याप्त बजेट नभएको अवस्थामा नेपालले विदेशी ऋण लिएर उत्पादनशील क्षेत्रमा लगानी गरी राष्ट्रिय गौरवका योजनाहरुलाई अत्यन्तै द्रुतगतिमा राजमार्गहरु, देशमै कच्चापदार्थले सञ्चालन हुने उद्योगहरु स्थापना गरी रोजगारको वातावरण बनाउँदै भौतिक पूर्वाधारमा जोड दिनुपर्दछ ।
विदेशबाट आएको रेमिट्यान्सलाई उत्पादनमा जोड्नेः
अहिले हाम्रो मुलुक रेमिट्यान्सले धानेको छ, विदेशबाट आएको पुँजीलाई संकलन गरी राज्यले नै उत्पादनशील क्षेत्रमा लगानी गर्ने वातावरण बनाउनुपर्छ । एकजनाको सानो–सानो समूह बनाएर साना तथा मझौला उद्योग स्थापना गर्ने नीति बनाउनुपर्छ । साथै राष्ट्रिय कोष स्थापना गरेर ठूला योजना सञ्चालनमा ल्याउनुपर्छ, जसले गर्दा लगानीको लागि अरुलाई गुहार्नुभन्दा जनताको उद्योग, जनताको लगानीमा सञ्चालन गर्ने नीति अवलम्वन गर्नु जरुरी छ ।
राजनीति परिवर्तन जरुरीः
नेपालको राजनीतिक संस्कार परिवर्तन हुन जरुरी छ, राम्रो कुरालाई पनि खाली विरोध मात्र होइन, गुण र दोष के हो छुट्याएर समर्थन र विरोध गर्नु जरुरी छ, अनि राजनीतिलाई पेशा र प्रतिष्ठाको रुपमा होइन, समाजसेवा र राष्ट्रसेवकको रुपमा लिनुपर्छ ।
कर्मचारीहरुले पनि राजनीतिक दलको झण्डा बोक्ने होइन, आफ्नो कर्तव्यबाट विमुख नभई देशको सेवा गर्ने महान अवसरलाई सदुपयोग गरी मुलुकलाई समृद्घीको बाटोमा डो¥याउन सहयोग गर्नुपर्छ ।