१८९२ पशुचौपायाको स्वास्थ्य परीक्षण

0
1311

झापा।

अर्जुनधारा–१मा सञ्चालन भएको एकदिने स्वास्थ्य शिविरबाट १ हजार ८ सय ९२ पशुचौपायाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ ।

अर्जुनधारा नगरपालिकाले उक्त क्षेत्रलाई पशुपालनको आकर्षक केन्द्रको रुपमा लिँदै आएको छ । वडा १को नमूना बजार र साधुटार दुई स्थानमा पशुचौपायालाई सेवा दिइएको थियो । किसानले घरमा पालेका गाई, भैँसी, बाख्रा, गोरु, बङ्गुर, कुकुर, कुखुराको स्वास्थ्य परीक्षण गराई निःशुल्क उपचार सुविधा लिएका छन् ।

जसमा ८ सय ९३ बाख्रा, ३ सय २३ गाई र भैँसी, ७५ गोरु र राँगा, ३० बङ्गुर, ५ कुकुरको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । एउटा गाईको एआई, स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो ।

त्यस्तै, एउटा गाईको झन्काको अप्रेशन, ५ सय २३ पशुचौपायाको गोबर परीक्षण, ११ वटा बोकालाई बन्ध्याकरण सेवा, ७ वटा गोरुको बन्ध्याकरण सेवासहित २३ गर्भ परीक्षण र बाँझोपन उपचार सेवा प्रदान गरिएको अभियान नेपालका कर्मचारी केशव खनालले जानकारी दिए ।

हेफर इन्टरनेशनल, साहारा नेपाल, हचुमासा सामुदायिक वन, स्वाबलम्बी सहकारी संस्था र पशुपालन तथा कृषि कार्यक्रम उपभोक्ता समितिले संयुक्त रुपमा सञ्चालन गरेका शिविरमा अभियान नेपाल, हाम्रो भेटनरी सेवा सहकारीले प्राविधिक सहयोग गरेका थिए । त्यसमा भेटनरी औषधि उत्पादक कम्पनीहरु क्रमशः मेनकाईन्ड, मेडिमेट, फूलुरा हिमालयन, मेडभे्रट, क्युमेड, आर्या, डावर, लाईव कियरसहित नेपाल फर्र्मासिटीले औषधि समेत सहयोग गरेका थिए ।

शिविरमा १ लाख २० हजार रुपैयाँ बराबरको औषधि किसानलाई निःशुल्क वितरण गरिएको अभियान नेपालका पूर्वअध्यक्ष प्रसाद गुरागाँईले जानकारी दिए । शिविरमा पशुपन्छी विकास केन्द्र भद्रपुरका डा. पशुपति ढुङ्गाना, हाम्रो भेटनरी सहकारी संस्था लि.को तर्फबाट डा. दिलीप सापकोटा, साहारा नेपालको तर्फबाट डा. विष्णु कोसुवा, कम्लेश्वर भाट, हेफर इन्टरनेशनलको तर्फबाट डा. छत्र क्षेत्रीसहितको १६ पशु स्वास्थ्य प्राविधिकको टोलीले सेवा दिएका थिए । त्यसमा भिएचडब्लु ६ जनाले पनि प्राविधिक सहयोग गरेका थिए ।

सो क्षेत्रका सयौँ घरधुरीका किसान सञ्चालन गरिएको पशु स्वास्थ्य शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस क्षेत्रका किसानलाई पशुको स्वास्थ्य उपचार तथा परीक्षणका लागि पशुपन्छी शाखा शनिश्चरे केन्द्र पुग्न १ घण्टा समय गुजार्नु पर्ने बाध्यता रहेको छ ।

गाउँघरमै निःशुल्क सेवा तथा पशुको उपचार गर्न पाउँदा अत्यन्तै खुशी लागेको अर्जुनधारा–१का अगुवा किसान राजेन्द्र घिमिरेले बताए । व्यवसायिक रुपमा वर्षोदेखि बाख्रा पाल्दै आएका घिमिरेले बाख्रा बिरामी परे औषधि उपचारका लागि एक दिनको समय बिताएर सेवा केन्द्र या अन्यत्र जानुपर्ने बाध्यता रहेको बताए ।

गाउँमा नै सञ्चालन भएको शिविरबाट थुप्रै सेवासुविधा पाएको वडाध्यक्ष गजाधर खतिवडा बताउँछन् ।’ नजिक सेवा केन्द्र नहुँदा त्यस क्षेत्रमा पशु बिरामी हुदाँ पनि तत्काल उपचार गर्न नपाउँदा पशुको मृत्यु हुने गरेको छ ।’ अभियान नेपाल र हेफर इन्टरनेशनलको एएएलभीसी–२ परियोजना अन्तर्गत प्रभावित र दुर्गमका किसानहरुलाई लक्षित गरेर सञ्चालन गरेको सो शिविरबाट यहाँका किसानलाई ठूलो राहत मिलेको डा. छत्र क्षेत्रीले बताए ।

शिविर सम्पन्न गर्न अर्जुनधारा–१ कार्यालयको तर्फबाट ५० हजार रुपैयाँ, हेफर र अभियानले ४३ हजार रुपैयाँ साहारा नेपालको तर्फबाट १५ हजार रुपैयाँसहित ३ जना पशु डाक्टर र २ जना प्राविधिक, हचुमासा सामुदायिक वनको तर्फबाट १० हजार रकम प्राप्त भएको बताइएको छ ।

पशुपालन तथा कृषि कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष महेन्द्रप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्जुनधारा नगरपालिका पशुपन्छी शाखाका अधिकृत पदमलाल राई, अभियान नेपालका हेम श्रेष्ठ, कृषि उपभोक्ता समितिका उपाध्यक्ष सुशीला गोले लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here