मनसँग मनका कुरा कृति समिक्षाक

४ जेष्ठ २०७६, शनिबार मा प्रकाशित
भुवन तामाङ,

नेपाली साहित्याकाशमा एउटा अर्को सुन्दर कृति थपिएको छ । जीवनको लामो समय शिक्षण सेवामा समर्पित गरेका बुद्धशान्ति गाउँपालिका वडा नं. १ बुधबारे झापाका भीम निरौलाद्वारा लिखित ‘मनसँग मनका कुरा’ नामक कृति पाठक समक्ष आएकोे छ ।

वि.सं. २००५ साल असोज २४ गते पिता धनप्रसाद निरौला र माता देवका निरौलाका सुपुत्रका रुपमा इलाम जिल्लाको दुर्गम स्थान नामसालिङ्ग (माइजोगमाई गाउँपालिका वडा नं. ४) मा जन्मेका तथा बुद्धशान्ति– १ बुधबारे झापालाई स्थायी बासस्थान बनाइ आप्mनो जीवनलाई शिक्षाको उज्यालो छर्ने कर्ममा लगाएका स्रष्टाको यस कृति वि.सं. २०७५ साल मंसिरमा प्रकाशित भएको हो ।

‘डिप इन एड’ र सबै प्रकारका शिक्षण तालिम शैक्षिक योग्यताका रुपमा हासिल गरेका निरौला २० वर्ष शिक्षण र १५ वर्ष विद्यालय स्रोत व्यक्तिका रुपमा सेवा गरी शैक्षिक क्षेत्रमा अनुभवले खारिएका व्यक्तित्व हुन् । स्वर्गीय अध्ययनबाट पनि बृहत् ज्ञान आर्जन गरेका उनी समाजसेवामा पनि उत्तिकै समर्पित रही आएका छन् । उनको योगदानको कदरस्वरुप दर्जनौं संघ–संस्थाद्वारा सम्मानित हुँदै आएका छन् ।

विधा उल्लेख नगरिएको भए पनि निरौलाको कृतिमा प्रकाशित सामग्री अध्ययन गर्दा यसलाई संस्मरणात्मक, निबन्धात्मक साहित्यिक कृतिको रुपमा लिन सकिन्छ । उनको यस कृतिले समाजका सदस्यहरुलाई जीवनदर्शन दिन्छ । विशेषगरी शिक्षण पेशामा लागेर शिक्षाको उज्यालो छरिरहेका जनशक्ति तथा शिक्षा क्षेत्रका राष्ट्रसेवक, नीति–निर्माताहरु, हालको सन्दर्भमा स्थानीय सरकार र सो अन्तर्गतका शिक्षा निकायका जनशक्ति समेतले यो पुस्तकबाट धेरै आयामका मार्गदर्शन पाउन सक्दछन् । साथै, जुनकुनै पेशा, सेवाका, तहतप्काका लगायत सर्वसाधारण समेतका लागि पनि यो पुस्तक उत्तिकै बहुउपयोगी देखिन्छ ।

अमूल्य मानव जीवनलाई अरुका भलाईका लागि उपयोगी काममा लगाउन सकिन्छ, खुशी बाँड्न सकिन्छ भन्ने सन्देश दिन सक्षम छ यो कृति । मानव हृदयमा सकारात्मक पक्षहरु भर्ने गुणले भरिपूर्ण यो कृति जीवनको असल गोरेटो भेटाउन नसकेकाहरुका लागि या गोरेटोबाट भट्किएकाहरुका लागि कृतिका लेखहरु मार्गदर्शक भएर आएका छन् । सत्मार्ग देखाउनु लेखकको मुल उद्देश्य देखिन्छ ।

‘आप्mनै मनका कारण मानिस फसादमा पर्छ र मनले नै सबै चुनौतिलाई जितेर आनन्दको जीवन निर्वाह गर्न सकिन्छ भन्ने सार कृतिको रहेको छ । जैविक सामथ्र्यले हेर्दा मानिस निरीह भए पनि मनोभावनाका शक्तिले विश्व विजय गर्न सक्छ । त्यसैले पनि मानिसलाई उत्कृष्ट प्राणी भनिएको हो ।

मानिसलाई उत्कृष्टकै कोटीमा कायम राख्ने उद्देश्य यस पुस्तकले लिएको छ । आरोह र अवरोह नै जीवनको मिठास हो । अर्थात् जीवनमा द्वन्द्व नभएपछि विजयको अवसर नै हँुदैन ।

कठिन जीवन पाउनेले कि त संसारलाई अभिशाप सम्झन्छ कि अहोभाग्य । पराजित मानसिकता र पलायनवादी विचार हुनेले संसारमा दुःख मात्रै देख्छ र विजयाकांक्षी विचार हुनेले अवसर नै अवसर देख्छ । नदीका किनारमा बसेर तिर्खाले सुक्नेहरु पनि संसारमा पाइन्छन् भने जमिन खनेर पुरुषार्थीले पानी निकाल्छ र आप्mनो मात्रै होइन अरुको पनि तिर्खा मेटाउँछ । भीम निरौला यस्तै अर्थको कोटीभित्र पर्ने स्रष्टा भएको’ भाव तिलकप्रसाद लुइँटेलले यस पुस्तकमा उल्लेख गरेका छन् ।

‘स्रष्टा निरौलाको यस कृति उनले शिक्षा क्षेत्रमा गरेका लामो सेवाको अनुभवको संगालो हो । कैयौँ क्षेत्र र समुदायका बालबालिकाको बालमनोविज्ञानको भरपुर अध्ययन गर्ने अवसर प्राप्त गरेका छन् । शिक्षण सिकाइमा स्रोतव्यक्तिको रुपमा कार्यरत रहँदा प्रशिक्षणका क्रममा शिक्षक शिक्षिकाको मनोविज्ञान तौलिने र तदनुरुप उनीहरुको शिक्षण दक्षता विकास गर्ने सही उपाय जानेका छन् । सबै उमेर समूहका व्यक्तिका मानसिकतासँग परिचित भई विश्लेषण समेत गरेका छन् । मानिसको मानसिक प्रवृत्ति, अठोट बलशाली हुन्छ भन्ने आत्मबोध भएको छ उनलाई’ भन्ने पूर्व प्राध्यानाध्यापक पुरुषोत्तम सिग्देलको भाव कृतिमा व्यक्त भएको छ ।

‘स्रष्टा निरौला आपूmले शिक्षा हासिल गर्नेक्रममा बीस र तीसको दशकमा धेरै युवाहरुले जस्तै आइतबार बिहान पाँचमाना चामल, गुन्द्र्रुकसिन्की बोकेर इलाम क्याम्पस जाने र शुक्रबार दिउँसो अन्तिमका दुई पिरियड छोडेर घर फर्कने उपक्रमले अध्ययन गरेका थिए । निरौला क्याम्पसको विहानी कक्षा भ्याएर दिउँसो १५ किलोमिटर टाढा नामसालिङ माङचोकको विद्योदय प्राविमा पढाउन पुग्थे र बेलुकी इलाम नै फर्कन्थे ।

इलाम क्याम्पस वारिपारि गाउँका अनगिन्ती युवाहरुले त्यसरी नै अध्ययन गरे र ती अधिकांश अहिले विभिन्न क्षेत्रमा विशिष्ट सेवारत छन् । स्रष्टा भीम तिनै मध्येका एक हुन् । सम्पूर्ण मानवजातिलाई समभाव र सम्मान साथ हेर्न सक्नु पर्छ जस्ता मानवतावादी, बुद्धवादी धारणा उनको सिर्जनामा अनुभूत गर्न सकिन्छ । आप्mना अनुभवले समुदायका अरुको हित प्रबद्र्धन गरोस् भन्ने अभिप्राय लेखकको अभिष्ट देखिन्छ’ भनेर पूर्व क्याम्पस प्रमुख गणेश निरौलाको विचार कृतिमा व्यक्त भएको छ ।

स्रष्टा निरौला आपैmमा अध्यात्म मार्गमा लागेका कारण पनि उनमा अध्यात्म तथा सत्सङ्गको समेत प्रचुर ज्ञान छ । त्यसैले उनको यस पुस्तकले अध्यात्म, सत्सङ्ग र यसका माध्यमबाट निष्कृय जीवनलाई कसरी सत्मार्गमा लगाउन सकिन्छ र जगतको भलो कसरी गर्न सकिन्छ भन्ने मार्गदर्शन दिन्छ । मन नै मनुष्यको बन्धन या मोक्षको कारण हो । सांसारिक विषयवस्तु आदिबाट मुक्त भयो भने मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने उपनिषदको अमृत बचनहरुले आप्mनो मन छोएको प्रसंग जोड्दै कृतिकार निरौलाले अन्ततः ‘मनसँग मनका कुरा’ नामक कृति नै जम्माएको विचार समेत व्यक्त भएका छन् ।

निरौलाको यस कृति तीन विषयमा विभक्त छ । कृतिको पहिलो खण्ड मनसँग सम्बन्धित छ । यस खण्डको कृतिकै नाम रहेको ‘मनसँग मनका कुरा’ शीर्षकको निबन्धमा कृतिकारले मन छ प्रकारको हुने बताएका छन् । साधारण मन, अधिक्य, उच्चतर, आलोकित, अन्तःप्रज्ञ र अतिरिक्त वा अमनष्क । विभिन्न कथा र प्रसंगहरु उल्लेख गर्दै मनबारे सरल भाषामा बुझाएका छन् । कृतिभित्रका ‘मन नियन्त्रण गर्ने उपायहरु’, ‘मनको फरक’, ‘मनसँग जिन्दगी’ निबन्धहरुमा शास्त्रका भाव, संस्कृतका श्लोक, सुक्ती, उक्ती उल्लेख गर्दै र सार खिच्दै, उदाहरण दिँदै मनबारे विषद चर्चा गरेका छन् । कृतिको दोस्रो खण्डमा निरौलाले आपूmले शिक्षण तथा स्रोत व्यक्तिका रुपमा शिक्षाको उज्यालो प्रवाह गर्दाका अनुभवहरु समेटेका छन् ।

सेवाका क्रममा आइपरेका अप्ठ्यारा, विभिन्न उपायले सुल्झाइएका घटना, विद्यालयमा सुधार ल्याउँदाका खुशी र सकारात्मक पक्षहरु समेटिएका छन् । पुस्तकको तेस्रो खण्ड कृतिकारको अवकाश जीवनबारेका छन् । आपूmले ३५ वर्षसम्म शिक्षा क्षेत्रमा काम गर्दा हासिल गरेका अनुभवका आधारमा बाँकी जीवनको समय उपयोग गर्दै ज्ञान बाँड्ने अठोट लिएका छन् । निरौला अध्यात्ममा जोडिदै सत्सङ्ग गर्दै, सहजीकरण समेत गर्दै समाज सुधार तथा विकासमा योगदान गर्दै आइरहेका छन् । स्थानीय बुद्धशान्ति लगायत जिल्लामै बुद्धिजिवीका रुपमा परिचित सर्जक भीम निरौला सत्तरी वर्षको उमेरमा पनि उत्तिकै सक्रिय रहेर उदाहरणीय बनेका छन् ।

मनको परिचालन मानिसले कसरी गर्छन्, उनको जीवन सुख–दुःख त्यसैमा भरपर्छ । मन मानिसको मित्र र शत्रु दुबै हो । मनको सदुपयोगले मानिस महान बन्छ भन्ने कृतिको सन्देश पाइन्छ । मनको विकारलाई हटाउने उपायहरु कृतिकारले आप्mनो जीवन भोगाइका क्रममा अनुभूत गरेका आधारमा बताएका छन् । वास्तवमा कृतिकार निरौलाले आपूmले जीवनमा देखेका, सुनेका, पढेका, पढाइएका, तालिममा प्रवाह गरिएका, भोगेका अनुभव गरिएका र सिकिएका आयामहरु नै कृतिमा समेटेका छन् ।

जसको सुवासले जिज्ञासु पाठकवर्गलाई ज्ञानको खुराक मिल्दछ । मानव जीवन सुखद् र सार्थक पार्न नवीन चेतना भर्दछ । चिटिक्क बान्कीमा प्रकाशित उनको ‘मनसँग मनका कुरा’ कृतिले सम्बन्धित क्षेत्रका जनशक्तिलाई आवश्यक ज्ञान त अवश्य प्रदान गर्छ नै साथसाथै उच्च मनोबल पनि प्रदान गर्दछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here