दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण कांकरभिट्टा नाका बन्द

0
484

काँकडभिट्टा,

आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण शनिवार साँझ ६ बजेदेखि नेपाल-भारत सीमा नाका सिल हुने भएको छ । तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

इलाका प्रहरी कार्यालयका काँकडभिट्टाका डिएसपी महेश थापाले झापाको काँकडभिट्टा-पानीट्यांकी र इलामको पशुपति-मिरिक नाका दुई दिन बन्द बताए । उनका अनुसार शनिवार साँझ बन्द भएर सोमबार बिहान मात्रै नाका पुनः सञ्चालनमा आउने छ ।

भारतीय सुरक्षा अधिकारीले खुला नाकाका कारण निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि बन्द गर्नु परेको बताएका छन् । ‘आइतबार नाका ठप्प रहने छ’, ती अधिकारीले भने,’सवारी साधन र मानिस आवागमनमा समेत रोक लगाइने छ ।’-कान्तिपुर दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here