झापाबाट काठमाडौंतर्फ जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ५ को मृत्यु

0
556

धादिङ,

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस  धादिङको गजुरी गाउँपालिका –६ बन्छेटारस्थित त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

घटनामा २९ जना धाइते भएको धादिङ प्रहरीले जनाएको छ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको धादिङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले  जानकारी दिए।

घाइतेमध्ये १४ जनालाई स्थानीय स्वास्थ्यसंस्थामा सामान्य उपचारपछि काठमाडौँ पठाइएको छ भने अन्य घाइतेहरुको गजुरी, आदामघाट र गल्छीमा रहेका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here