सुरुङ्गा खानेपानीमा द्विपक्षीय प्रतिष्पर्धा

0
444

सुरुङ्गा ।

सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सञ्चालक समिति गठनमा सहमति नजुटेपछि द्विपक्षीय चुनावी प्रतिष्पर्धा हुने भएको छ ।

स्थापनाकालदेखि नै अध्यक्ष रहेर संस्थाको स्थापना, विकासका लागि पारदर्शी र स्वच्छ रुपमा कुशलतापूर्वक काम गर्दै आएका प्रेमप्रसाद दाहालले अध्यक्षमा उम्मेद्वारी दिएका छन् । दाहाल नेतृत्वको संयुक्त प्रगतिशील प्यानलबाट उपाध्यक्षमा यामनाथ सेडाई, सचिवमा टीकाप्रसाद पाठक र क‍ोषाध्यक्षमा सुरेशकुमार गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसै गरी, सो प्यानलबाट खुला सदस्यमा राजेन्द्र उप्रेती (राजेश), रमेश हुमागाई र भीष्म मैनाली उम्मेदवार रहेका छन् । महिला सदस्यहरुमा चित्रा श्रेष्ठ र कल्पना ढकाल उम्मेदवार बनेका छन् । दाहाल प्यानललाई नेपाल कम्युनिष्ट पार्टी र राप्रपाको एक समूहको समर्थन रहेको छ ।

अर्कोतर्फ, साझा विवेकशील पार्टीका नेता भीमप्रसाद अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अधिकारी नेतृत्वमा लोकतान्त्रिक समावेशी प्यानलबाट उपाध्यक्षमा युवराज संग्रौला, सचिवमा मीनकुमार प्रधान र कोषाध्यक्षमा राम न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् । उक्त प्यानलबाट खुला सदस्यहरुमा भरतकुमार श्रेष्ठ, सूर्य गुरुङ र बलराम अधिकारी उम्मेदवार बनेका छन् ।

महिला सदस्यमा अम्बिका सुवेदी र धनमाया चिमरिया उम्मेदवार बनेका छन् । अधिकारी प्यानललाई साझा विवेकशील पार्टी, नेपाली कांग्रेस, समाजवादी पार्टी नेपाल र राप्रपाको संस्थापन पक्षको समर्थन रहेको छ ।

चुनाव सम्पन्न गर्न टीकाकुमार पोखरेलको संयोजकत्वमा गंगाप्रसाद ढुंगेल र दुर्गाप्रसाद प्रसाईं सदस्य रहेको ३ सदस्यीय निर्वाचन समितिले काम गरिरहेको छ । निर्वाचन आगामी जेठ १६ गते हुन गइरहेको छ । मतदान गर्न आउँदा संस्थाले वितरण गरेको फोटो सहितको प्रमाणित पानी महशुल कार्ड अनिवार्य रुपले साथमा लिई आउनु पर्ने निर्वाचन समितिले जनाएको छ ।.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here