लिच्ची फेष्टीबल शुरु

0
1349

बिर्तामोड।

झापाको बिर्तामोड– ३ कच्चुबारीमा शनिबारबाट लिच्ची फेष्टिबल शुरु भएको छ ।

विभिन्न प्रकारका औषधिको प्रयोग गरेर बजारमा बिक्रीका लागि राखिएको फलफूल खानुभन्दा आफ्नै हातले टिपेर ताजा फलफूल खानुको बेग्लै आनन्द हुने भएको भन्दै गत वर्षबाट बगैंचामा नै लिच्ची फेष्टिबलको आयोजना गर्न थालेको बिर्तामोडका शिक्षासेवी जयनारायण ढुंगानाले बताए ।

आफ्नो १५ विगाह क्षेत्रफलमा लगाइएको फलफूल बगैंचामा लिच्ची फेष्टिबलको आयोजना गरिएको र शनिबार उत्साहजनक सहभागिता रहेको उनले बताए । बिर्तामोडस्थित श्री जय ड्रिम ल्याण्ड पार्कमा शुरुभएको लिच्ची फेष्टिबल पाँच दिनसम्म सञ्चालन हुने बताइएको छ ।

फेष्टिबल अवधिभरमा पाँच हजार मानिसले सहभागिता जनाउँदै बोटमा फलेको लिच्ची टिपेर खान सक्ने जनाइएको छ । गत वर्ष पनि ढुंगानाले लिच्ची फेष्टिबलको आयोजना गरेका थिए । झण्डै दुई हजारभन्दा बढीले फेष्टिबलमा सहभागिता जनाउँदै लिच्ची फलको स्वाद लिएको बताइएको छ । गत वर्ष दुई दिनसम्म लिच्ची फेष्टिबल भएको थियो ।

यस वर्ष पाँच दिनसम्म लिच्ची फेष्टिबल हुने र पाँच हजारभन्दा बढीले बगैंचामा घुमेर छानी–छानी लिच्ची उपयोग गर्ने सक्ने ढुङ्गानाले बताए । उनले भने– ‘एक सय रुपैयाँ तिरेर बगैंचा छिरेपछि पेटभरी लिची खान सकिन्छ ।’

पार्कको अवलोकनपछि घर फर्कदा लिच्ची ल्याउन मन लागे काउन्टरमा सम्पर्क गर्दै एक सय रुपैयाँमै झुप्पाका झुप्पा लिची लिएर आउन सकिने ढुंगानाले बताए । फेष्टिबलमा सहभागी हुनेलाई बिर्ताबजार र पश्चिम धर्मकाँटा छेउबाट यातायातको समेत व्यवस्था गरिएको ढुंगानाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here