बक्सिङका राष्ट्रिय खेलाडीलाई विदाइ

0
954

बिर्तामोड।

झापा जिल्ला बक्सिङ संघले भारतको गुवाहाटीमा हुने ‘दोस्रो भारत खुल्ला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप’ मा सहभागी हुने नेपाली राष्ट्रिय बक्सिङ टोलीलाई विदाइ गरेको छ ।

भारत बक्सिङ संघको आयोजनामा यही जेठ ६ गतेदेखि गुवाहाटीमा हुने उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडी तथा प्रशिक्षकलाई विदाइ गरिएको हो ।

प्रतियोगितामा सहभागी महिला खेलाडीहरु माला राई, मिनु गुरुङ, चन्द्रकुमारी थापा, संगीता सुनार र पुनम रावल र पुरुष खेलाडीहरु तेजबहादुर देउवा, सुरेन्द्र राई, प्रकाश लिम्बू इजम, भूपेन्द्र थापा, विकास लामा र आशिष दुवाडीलाई विदाइ गरिएको थियो ।

त्यस्तै खेलाडीहरुसँगै मुख्य प्रशिक्षक प्रकाश थापा मगर, प्रशिक्षकद्वय हरिषबहादुर चन्द र रमेशदास श्रेष्ठ र व्यवस्थापक टर्कराज राईलाई समेत विदाइ गरिएको थियो । खेलाडीहरुले ५१ केजीदेखि ९१ केजी तौल समूहका विभिन्न प्रतिस्पर्धामा भाग लिने कार्यक्रममा जानकारी दिइयो ।

प्रतियोगितामा नेपाल, आयोजक भारत, चीन, जापानसहित २० वटा देशले भाग लिने नेपाल बक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौलाले जानकारी दिए । राष्ट्रिय टोलीमा सामेल भएका प्रकाश लिम्बू र सुरेन्द्र राई झापाली खेलाडी भएकाले पनि खेलाडीहरुको विदाइ महत्वपूर्ण भएको झापा बक्सिङ संघका अध्यक्ष सञ्जीव घोषले बताए ।

उक्त प्रतियोगिताको पहिलो संस्करणमा नेपालले दुईवटा पदक जितेको थियो । ५१ केजी तौल समूहमा विमला श्रेष्ठ र ६४ केजी तौल समूहमा पुनम रावलले कास्य पदक जितेको कार्यक्रममा जानकारी दिइयो ।

झापा बक्सिङ संघका अध्यक्ष सञ्जीव घोषको अध्यक्षता तथा संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ज्ञानुराम प्रसाईं, लोकबन्धु कन्दङ्वा, मदनगोपाल सुब्बा, कुमार भट्टराई, दुर्गाराज निरौला, अजय शाह, सजेश शिवाकोटी, आनन्द बस्नेत लगायतले खेलाडीहरुको विदाइ गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लीला अनमोलले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here