लियो क्लब अफ अनारमनीमा समिरा

0
807

 

बिर्तामोड, लियो क्लब अफ अनारमनीको वर्ष २०१९÷२० को अध्यक्षमा समिरा शिवाकोटी चयन भएकी छिन् । बिर्तामोडमा सम्पन्न क्लबको दोस्रो साधारणसभाले समिराको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा सुरेन्द्र गिरी, सचिबमा श्याम दुलाल (दीपक), सहसचिबमा सलिना खड्का, कोषाध्यक्षमा सिर्जना शिवाकोटी र सह–कोषाध्यक्षमा मन्जिला घिमिरे चयन भएका छन् । क्लबको जनसम्पर्क अधिकारीमा रुसिका सापकोटा, टेमरमा अंकित अग्रवाल, टेल ट्वीस्टरमा प्रज्ज्वल कडरिया छन् ।
साधारणसभाले नवगठित समितिको सल्लाहकारमा राजेश दाहाललाई चयन गरेको छ । क्लबका वर्ष २०१८÷१९ का अध्यक्ष सविन शिवाकोटीको अध्यक्षता तथा बोर्ड अफ डाइरेक्टर राजनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here