चारपानेमा माता पाथीभरा फर्निचर

0
503

बिर्तामोड।

झापाको बिर्तामोड नगरपालिका– २ चारपानेमा माता पाथीभरा फर्निचर शोरुम सञ्चालनमा आएको छ ।

युवा व्यवसायी देवी दंगालले ४० लाख रुपैयाँ लगानी गर्दै फर्निचरका सबै सामग्री एकै ठाउँमा उपलब्ध गराउने गरी शोरुम सञ्चालनमा ल्याएका हुन् । शोरुमको उद्घाटन झापा क्षेत्र नम्वर ३ का सांसद राजेन्द्रकुमार लिङ्देनले गरेका थिए ।

घरायसी सबै फर्निचरका सामग्रीका सरल मूल्यमा उपलब्ध गराउने मुख्य उद्देश्य राखेर शोरुम सञ्चालनमा ल्याएको हो शोरुमका सञ्चालक दंगालले बताए । अधिकांश सामग्री हामी आफैं उत्पादन गर्छांै र १० वर्षे वारेन्टीका साथ ग्राहकलाई सुपथ मूल्यमा प्रदान गर्छांै’– उनले भने ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, समाजसेवी देवी गिरी, नारायण राजवंशी, युवा राजनीतिकर्मी कमल खरेल लगायतले सफलताको शुभकामना दिएका थिए । फर्निचर शोरुममा पाँच जनाले रोजगारी पाएको सञ्चालक दंगालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here