स्वरोजगार भवानीको स्थापना दिवस

0
1077

बिर्तामोड।

स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले १३औं स्थापना दिवस अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरुसँग मनाएको छ ।

स्वरोजगार भवानी साकोसले अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा रहेका अपाङ्गता भएका तथा अनाथ बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरी स्थापना दिवस मनाएको हो ।

सहकारीका अध्यक्ष केशव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष बस्नेतले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्य गरिएको जानकारी दिए ।

त्यस्तै अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालले संस्थाले गरेको कार्यको प्रशंसा गरेका थिए । उनले स्थानीय सरकार र नेपाल सरकारले अहिलेसम्म संस्थाका लागि कुनै सहयोग नगरेको गुनासो समेत गरेका थिए ।

कार्यक्रमको सञ्चालन सहकारीका सचिव मनोज भट्टराईले गरेको व्यवस्थापक राममाया दाहालले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here