तातो हावाका कारण तराईकाे जनजीवन प्रभावित

0
536

काठमाण्डाै,

तराईका विभिन्न ठाउँमा चलेको तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । बाँके, बर्दिया, रुपन्देही, भैरहवा, धनगढी लगायतका तराईका धेरैजसो ठाउँमा तातो हावा चल्दा बालबालिका, वृद्धवृद्धा र दैनिक काममा हिड्नेहरुको दैनिकी प्रभावित भएको छ ।

गर्मी बढेसँगै ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायत समस्या देखिन थालेको छ । गर्मी बढ्दै जाँदा दिउँसोको समयमा स्थानीयहरु घर बाहिरसमेत निस्कन सकेका छैनन् ।

उनीहरुले आफुलाई चाहिने सामानको जोहो बिहान र बेलुकाको समयमा गर्ने गरेका छन् । ४/५ दिन यता पानी नपरेका कारण गर्मी झनै बढेको छ ।

आइतबार नेपालगन्जको तापक्रम ४० दशमलव ६ डिग्री सेल्सियससम्म पुगेको थियो । यस्तै धनगढीको ४० डिग्री सेल्सियस, जनकपुरको ३९ दशमलव २ डिग्री सेल्सियस, बिराटनगरको ३६ दशमलव २,  भैरहवाको ३८ दशमलव ८ डिग्री सेल्सियस र धरानको ३४ डिग्री सेल्सियससम्म पुगेको थियो ।

यस्तै तराईका क्षेत्रमा मात्र नभई देशका अरु ठाउँमा पनि तापक्रम बढेको छ । यसैबीच साेमबार बेलुका देशको पहाडी भेगमा बद्ली भई मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशको अरु ठाउँको मौसम भने सामान्यतया सफा नै हुने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here