अपाङ्ता भएकी वृद्धा झापामा बलात्कृत, एक पक्राउ

0
409

झापा ।

झापाको दमकमा मागिखाँदै हिँड्ने एक अशक्त एवं अपाङ्ता भएकी वृद्धा बलात्कृत भएकी छन् । बलात्कृत वृद्धाको झापाको दमकस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

अन्दाजी ७५ वर्षीया वृद्धा बलात्कृत भएको सूचना पाउनासाथ आफुहरु घटनास्थलमा गएर बलात्कार आरोपितलाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाका अनुसार दमक ५ का ३५ वर्षीय राजेन्द्र गुरुङलाई बलात्कारको आरोपमा पक्राउ गरिएको छ । बलात्कृत वृद्धालाई भने भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण पश्चात सेफ हाउसमा लगिएको उनले जानकारी दिए ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको निर्देशनमा वृद्धालाइ दमक अस्पतालमा उपचारका लागि भर्ना गरिएको बताईएको छ । शरीरभरी नीलडाम र मुखमा रक्ताम्मे भएको अवस्थामा उद्धार गरिएकाले वृद्धामा दुखाई भएको हुनसक्ने भन्दै अस्पतालमै राख्न आफूले निर्देशन दिएको अधिकारीले बताइन् ।

वृद्धाका आफन्त कोही नभेटिएकाले ग्रामीण तथा शहरी विकास नेपालले नै आरोपितविरुद्ध जाहेरी दिएको जनाईएको छ । प्रहरीका अनुसार आरोपितलाई मुद्धा दर्ता गरेर कार्वाही प्रक्रिया अघि बढाइएको छ । सेफ हाउसमा बृद्धाको अवस्था बुझेर अस्पतालमा ल्याउने तयारी गरिदै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here