पाँचथर सामूहिक हत्याकाण्ड : हत्या गरिएका बमबहादुर फियाकका ज्वाइँको शव झुण्डिएको अवस्थामा फेला

0
460

पाँचथर,

मिक्लाजुङ गाउँपालिका– ३ को आरुबाेटेमा ९ जनाको विभत्स हत्या गरिएको घटनास्थल नजिकै एकजना युवकको शव झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवले वताउनुभयो ।

माखिम सोमबार राति विभत्स हत्या गरिएका बमबहादुर फियाकको ज्वाइँ रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । अध्यक्ष माखिमका अनुसार मानबहादुर माखिम बमबहादुर फियाकका कान्छी छाेरीका श्रीमान हुन् ।

९ जनाको विभत्स हत्या भएको घटना स्थलबाट झण्डै साढे एक घण्टाको दूरीमा माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको हो । माखिमको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । झुण्डिएका व्यक्तिको हत्याकाण्डमा संलग्नता भए/नभएको खुलेको छैन ।

९ जनाको विभत्स हत्याको अनुसन्धानको लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश–१ प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here