फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाको अध्यक्षमा चन्द्रप्रसाद

0
505

बिर्तामोड ।

फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाको चौथो अधिवेशनबाट अध्यक्षमा चन्द्रप्रसाद गिरी सर्वसम्मत चयन भएका छन् । झापाको बिर्तामोडमा सोमबार भएको चौथो अधिवेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् ।

संघको बरिष्ठ उपाध्यक्षमा खगेन्द्र खरेल, उपाध्यक्षमा रोहित आचार्य, सचिवमा उदय भण्डारी, सहसचिवमा दिनेश सुवेदी र कोषाध्यक्षमा मानबहादुर कटुवाल चयन भएका छन् ।

समितिको सदस्यहरुमा हिमाल ओली, श्रीकुमार शर्मा, कृष्ण ढुङ्गाना, पुण्य प्रसाई, ज्योति बिष्ट, लीला बन सर्वसम्मत चयन भएका छन् । केही स्थानीय तहमा रहेका व्यवसायीमध्येबाट आगामी बैठकले सदस्य मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले बताए ।

समितिले श्रीप्रसाद सिटौलाको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको छ भने सदस्यपछि चयन गर्ने जनाइएको छ । त्यस्तै युवराज पाठकको संयोजकत्वमा लेखा समिति चयन भएको छ । लेखा समितिको सदस्यमा टीका खतिवडा र रमेश खरेल रहेका छन् । शत्रुघन शर्मा संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।

अनुगमन समितिको सदस्यमा मेरुन योङ्हाङ, जीवन राई, गोपाल खनाल र चण्डीराज कोइराला रहेका छन् । संघले श्रीप्रसाद सिटौलाको संयोजकत्वमा पत्रकार उद्धव पुरी र सुरेन्द्र भण्डारी सदस्य रहेको निर्वाचन समिति चयन गरेको थियो । संघका सदस्यले नयाँ नेतृत्वका लागि दिएको नामावाली उपर कुनै पनि दावी विरोध नपरेपछि निर्वाचन समितिले सर्वसम्मत रुपमा समिति चयन गरेको हो ।

संघका अध्यक्ष टेकबहादुर खजुमको अध्यक्षतामा भएको अधिवेशन तथा पाँचौ वार्षिक साभारणसभामा डिभिजनल वन कार्यालय झापाका डिभिजनल वन अधिकृत विष्णुलाल घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । अध्यक्ष खजुमले आगामी दिनमा संघको मातहतमा एउटा सहकारी संस्था सञ्चालन गर्ने तथा उद्योगहरुको हितमा दैवीप्रकोप, बिमाको व्यवस्था गर्न आवश्यक पहल गर्ने बताए ।

व्यवसायीहरुका समस्या प्रशस्तै भएको बताउँदै अध्यक्ष खजुमले भने– समस्याका बिषयमा स्थानीय तहलाई ज्ञापनपत्र बुझाइसकेका छौं । संघका सचिव छत्र कार्कीले फर्निचर व्यवसायको दिगो विकास र दक्ष जनशक्ति उत्पादनका लागि सरकारले एउटा तालिम केन्द्र स्थापना गर्नुपर्ने बताए ।

स्वागत संघका उपाध्यक्ष रामप्रित शर्माले गरेको कार्यक्रममा संघका केन्द्रीय सदस्य भगिरथ लुइँटेल र राजकुमार दाहाल विशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा संघका बिर्तामोड नगर अध्यक्ष गोपाल खनाल, भद्रपुर नगर अध्यक्ष शत्रुधन चौधरी, गौरादह नगर अध्यक्ष प्रकाश बाँस्कोटा, मेचीनगर अध्यक्ष उदय भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here