अर्जुनधारामा ट्याक्टरले किचेर एकको मृत्यु

0
451

झापा।

अर्जुनधारा नगरपालिका १ स्थित मदनपुरमा मंगलबार दिउँसो ट्याक्टरले किचेर एक युवाको मृत्यु भएको छ ।

साधुटारदेखि मदनपुरतर्फ आइरहेको मे. १ त ५००६ नम्बरको ट्याक्टरले किचेर स्थानीय अर्जुन प्याकुरेलको ज्यान गएको हो । १९ वर्षीय उनको घटनास्थलमै ज्यान गएको बताइएको छ ।

अहिले घटनाको मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइएको शनिश्चरे प्रहरी चौकीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here