बिर्तामोडबाट विप्लवका इलाम इन्चार्ज पक्राउ

0
440

बिर्तामोड ।

झापाको बिर्तामोडबाट नेपाल कम्युनिष्ट पार्टीका मेची ब्युरो सदस्य एंव इलाम जिल्ला इन्चार्ज पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्वश्रेष्ठ रहेको विप्लव माओवादीले जनाएको छ । सरकारले प्रतिबन्ध लगाए संगै देशैभरबाट नेकपाका नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गर्ने गर्ने क्रमलाई तिब्र बनाएको छ ।

आफ्ना नेता तथा कार्यकर्ता पक्राउ परे लगत्तै नेकपाका मेची ब्युरो संयोज प्रमोदले एक विज्ञप्ती जारी गर्दै बिना सर्त तुरुन्त रिहा गर्न माग गर्दै रिहा नगरे जस्तो सुकै अवस्थाको समाना गर्न तयार रहन चेतावनी दिएका छन ।

विज्ञप्तीमा भनिएको–गिरफ्तार गरिएका इलाम जिल्ला इन्चार्ज सर्वश्रेष्ठ र यस अघि गिरफ्तार परेका आफ्ना नेता कार्यकर्ताहरु लाई रिहा गर्न माग गर्दछौं । क्रान्तिकारी बिरुद्ध दमनमा उत्रनु प्रहरीले आफ्नो खुट्टामा आफंै बन्चरो हान्नु भएको र दमनमा उत्रिए कसैको भविष्य सुरक्षित नहुने कुरा स्मरण समेत गराउदछौं ।

प्रहरीले झापाको बिर्तामोडबाट यस अघि पनि विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here