बिर्तामोड महिला चेम्बरको नेतृत्व चयन

0
431

बिर्तामोड।

नेपाल महिला चेम्बर अफ कमर्श बिर्तामोड नगर समितिको अध्यक्षमा संगीता चिमरिया चयन भएकी छन् ।

बिर्तामोडमा भएको महिला उद्यमीहरुको भेलाले चिमरियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा रिमा भट्टराई, उद्योग उपाध्यक्षमा यमुना कोइराला, वाणिज्य उपाध्यक्षमा इन्दिरा उप्रेती, महासचिवमा समिता उप्रेती, कोषाध्यक्षमा सोनु अग्रवाल, उद्योग सचिवमा अनुजा अग्रवाल, वाणिज्य सचिवमा सीता दंगाल रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा मुना पौडेल, दुर्गा पौडेल, नरमाया पाठक उप्रेती, कमला पाठक शिवाकोटी, इन्दिरा पनेरु, अप्सरा ओली, अम्बिका पाठक, ललिता सुवेदी, लक्ष्मी शिवाकोटी, कञ्चन खतिवडा लगायत रहेका छन् ।

नेपाल महिला चेम्बर अफ कमर्श झापाकी अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा झापा क्षेत्र नं. २ (क) का प्रदेश सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कार्कीले महिलाले गर्न खोजे कुनै पनि काम असम्भव नभएकाले महिला नेतृत्व अघि बढेर समाज परिर्वतन गर्न सकिनेमा दुईमत नरहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उमेश डालमिया, चेम्बर अफ कमर्शका झापा जिल्ला अध्यक्ष सन्तोष अग्रवाल, नेपाल महिला उद्यमशील संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल महिला चेम्बर अफ कमर्श झापाकी उद्योग उपाध्यक्ष निरु ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन यशोदा प्रसाईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here